October 28, 2021

Halkhabar kura

Entertainment Site

यस्तै हो भने यो अब यो “सङ्घीय गणतन्त्र” गयो – प्रा. युवराज संग्रौला (भिडियो)

1 min read

सर्वोच्च अदालत प्रतिनिधिसभा पुनःस्थापना वा विघटन जस्तो राजनीतिक मुद्दामा सामेल नहोस् (भिडियोसहित)

संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली वैशाखमा निर्वाचन गराउन इच्छुक छन् । तर संसद विघटन नै नभएको भए पनि अर्को समूहका पुष्पकमल दाहाल प्रचण्ड तुरुन्तै प्रधानमन्त्री बन्न इच्छुक थिए ।

केपी शर्मा ओलीसँग छँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई अपदस्थ गरी आफैं प्रधानमन्त्री बन्न खुट्टा उचालिसकेका थिए ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सभाुमखको सचिवालयमा पठाइसकेका प्रचण्ड अहिले पनि भनिरहेका छन् – संसद विघटन खारेज हुन्छ । संसद जीवीत राख्न र नयाँ सरकार बनाउनमा मेरो ध्यान केन्द्रीत छ ।

दुवै पक्षका नेताहरू जिल्लाजिल्लाबाट काठमाडौंमा रहेका कार्यकर्तालाई भेला गरेर पार्टी विभाजनको कारणबारे चर्चा गर्न र त्यसको औचित्य पुष्टि गर्न लागिपरेका हुन् ।

पार्टी विभाजनपछि दुवै पक्षले कार्यकर्ता आ–आफ्नो पक्षमा पार्न जिल्ला तहमै कसरत सुरु गरिसकेका छन् । काठमाडौंदेखि स्थानीय तहसम्म नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न दुवै समूहले प्रभावशाली केन्द्रीय नेताहरू नै परिचालन गरेका छन् ।

दाहाल–नेपाल समूहले शनिबार सचिवालय बैठक राखेर संगठन विस्तार गर्ने र ओली पक्षमा रहेका नेता–कार्यकर्तालाई तान्ने विषयबारे छलफल गरेको छ । पार्टी विभाजनपछि त्यसको दोषी को हो भन्नेबारे नेता–कार्यकर्तालाई बुझाउन सकेसम्म सचिवालय सदस्य र नभए पनि स्थायी कमिटी सदस्यहरूलाई खटाउने भएको छ ।

ओली पक्षले भने यसअघि नै देशभर कार्यकर्ता भेला गर्ने र सबैजसो स्थानमा केन्द्रीय नेताले सम्बोधन गर्नेगरी कार्यतालिका तयार पारेर आफूनिकटका नेताहरूलाई पठाइसकेको छ ।

यस्तै विभिन्न सन्दर्भमा रहेर योहो बहसमा वरिष्ठ अधिवक्ता प्रा युवराज संग्रौलासँग गरिएको कुराकानी ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस् ।