October 19, 2021

Halkhabar kura

Entertainment Site

काँग्रेस वरिष्ठ नेता प्याकेजको अडानमा पौडेल समुह, सहमति नभएसम्म बैठक बहिस्कार गर्ने निर्णय

1 min read

काठमाडौं । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

पौडेल समूहका वार्ता टोली संयोजक प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे व्याख्या गरेको थियो ।बैठकले प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको जनाइएको छ ।

पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने, विधानअनुसार २८ वटा मात्र विभाग बनाउनुपर्ने र त्यसमा आधा हिस्सा आफूहरुले पाउनुपर्ने माग राखेको छ ।

महाधिवेशन कार्यतालिका, नेविसंंघ, केन्द्रीय विभाग गठनबारे विभिन्न विकल्पमा छलफल भए पनि सहमति हुन नसकेको वार्ता समितिका सदस्यहरुले बताएका छन् ।

सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्ष आफूले नियुक्त गर्ने र चार महामन्त्री राखेर चारै समूहबाट एकरएक जना मनोनित गर्ने प्रस्ताव पनि पौडेल समूहले मानेको छैन ।

Leave a Reply

Your email address will not be published.