October 17, 2021

Halkhabar kura

Entertainment Site

बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा

1 min read

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडल समूहको बहिस्कारका बीच बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको मिति तोकेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको बैठकले बहुमतका आधारमा आफ्नो म्या-द- एक वर्ष थप गरेको छ ।

र, १४ औं महाधिवेशन २०७७ फागुन ७, ८ ९ र १० गते गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले अन्तरिम संरचनाको काम पुस मसान्तभित्र सम्पन्न गर्न निर्वाचन समितिलाई भनेको छ । माघबाट क्रियाशील सदस्यता वितरण तथा नविकरण हुनेछ ।

यस्तै तरुण दलको म्या-द- ६ महिना थप गर्ने निर्णय भएको छ भने पार्टीको केन्द्रीय विभागहरु २८ बाट बढाएर ४१ र्पुयाउने प्रस्ताव पनि पास भएको छ । त्यसअघि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

पौडेल समूहका वार्ता टोली संयोजक प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे व्याख्या गरेको थियो ।

Leave a Reply

Your email address will not be published.