October 17, 2021

Halkhabar kura

Entertainment Site

आजका लागि बोलाईएको संसद बैठक स्थगीत, अर्को बैठक पुष १६ गते बस्ने

1 min read

काठमाडौँ । सत्तारुढ नेकपामा सभामुख चयनको विषय पेचिलो बनेपछि आज (शुक्रबार) बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । आज दिउँसो एक बजेका लागि बोलाइएको बैठक आगामी पुष १६ गते दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका थियो । तर सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेका कारण सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो ।

‘आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणबश बस्न नसक्ने भएकाले नेपालको संविधनको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने मानीनय उपसभामुख ज्यूले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

सभामुखका लागि नेकपाभीत्र पूर्व एमाले र पूर्व माओवादी खेमाले दाबी प्रस्तुत गरेका छन् । तर उपसभामुख तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन ।

सभामुख चयनबारे नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अहिले बालुवाटारमा बैठक बसिरहेको छ । यता उपसभामुख शिवमाया तुम्वाहाम्फेले सत्तारुढ नेकपाका प्रमख सचेतक देव गुरुङ र प्रमुख विपक्षी नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँणसँग छलफल गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published.