October 17, 2021

Halkhabar kura

Entertainment Site

काजकिस्तान विमान दुर्घटनाः कम्तीमा १४ जनाको मृत्यु

1 min read

एजेन्सी । काजकिस्तानमा १०० जना यात्रु चढेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

दुर्घटनामा १४ जनाको मृत्यु भएको विमानस्थलका अधिकारीले जानकारी दिएका छन् । आपतकालीन उद्धारकर्मीहरु अहिले घटनास्थल छन् । दुर्घटनामा कम्तीमा ३५ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको छ । घाइते मध्ये ८ जना बालबालिका छन् ।

दुर्घटनापछि विमानमा आगो लागेको थिएन । घटनास्थलमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । उक्त विमान काजकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट देशको राजधानी नूर–सुल्तानको लागि यात्रा गर्दै थियो।

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेवले पीडितका आफन्तप्रति गहिरो शोक व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published.