October 19, 2021

Halkhabar kura

Entertainment Site

सेनाले बनायो विद्यालय भवन

1 min read

गोरखा नगरपालिका–८ खल्लुवोटेस्थित नेपाल राष्ट्रिय भूपू सै’निक विद्यालयले नयाँ भवन पाएको छ । शीघ्र प्रभाव आयोजना अन्तर्गत नेपाली सेनाबाट विनियोजित २५ लाख रकमबाट उक्त भवन निर्माण भएको हो ।

नव निर्मित चार कोठे भवनको आइतबार एक कार्यक्रमकाबीच नेपाली सेनाका ३ नम्बर बाहिनीपति सागरबहादुर थापाले उद्घाटन गरेका छन् । नवनिर्मित भवनको संरक्षण गर्न आग्रह गर्दै थापाले यस्तो खालको कार्यले नेपाली सेना र नागरिकबीचको सम्बन्धमा थप सुधार हुने बताए ।

रणसिंह दल गणका गणपति उज्वल केसीका अनुसार २०७६ साल पुष महिनाबाट भवन निर्माणको काम सुरु गरिएकोमा ९ महिनामै भवन निर्माणको काम सम्पन्न भएको हो ।

नेपाल राष्ट्रिय भू’पू सै’निक संघ गोरखाबाट सञ्चालित उक्त विद्यालय कक्षा ६ सम्म स’ञ्चालित छन् । जहाँ करिब २ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।
#onlinekhabar

Leave a Reply

Your email address will not be published.