October 19, 2021

Halkhabar kura

Entertainment Site

नायीका रेखाको अ’श्ली’ल भिडियो भन्दै फैलाउनेले माफी मागे (भिडियो हेर्नुस्)

1 min read

फिल्म अभिनेत्री तथा मोडल रेखा लिम्बु ९फागो० को नाम जोडेर विदेशी अ श्ली ल भिडियो भन्दै सामाजिक सञ्जालमा फैलाउनेले माफी मागेपछि विवाद समाधान भएको छ । दुई महिना अघि उनको भिडियो भन्दै गलत सामाग्री सामाजिक सञ्जालमा फैलिएको थियो ।

केही महिनायता अभिनेत्री रेखाको भिडियो भन्दै फेसबुक म्यासेन्जर मार्फत इन्डोनेसियाली नराम्रो भिडियो क्लिप्स धरान, इटहरी तथा विदेशका नेपाली माझ फैलिएको थियो । सो भिडियोबारे खोजी गर्दा मेरिना तुम्सा लिम्बुले आफ्ना साथीहरुलाई म्यासेन्जर मार्फत पठाएपछि अन्यत्र फैलिएको खुलेको थियो । आफुलाई अरुले पठाएको बताएपनि तुम्साले त्यसको श्रोत खुलाउन नसकेपछि गल्ती स्वीकार गरेकी हुन् । लिम्बु समुदायका अगुवाहरुले सो विषयमा चासो देखाएर समुदायको समस्या आफै सुल्झाउने प्रयास गरेका थिए ।

उनीसँगै भिडियो अन्यत्र फैलाउने हाङ्मा लिम्बुले पनि तुम्याहाङ माझ रेखासँग माफी मागेकी छिन् । उनीहरुले तुम्याहाङ प्रणाली अनुसार ढुुङ्गा र दुवो छोएर कसम खाँदै २ बोतल र क्सि र ५ सय रुपैयाँ पैसा राखेर माफी मागे पछि विवाद मिलेको हो । मेरिनाबाट उक्त भिडियो पाएकी इटहरीकी कोपिला ठकुरीले २ महिनाअघि रेखालाई फोन गरेर भिडियोबारे सोधेकी थिईन् । त्यसपछि रेखा र चलचित्रकर्मीहरुले यसबारे खोजी गर्दा मेरिना, कोपिला र हाङ्माबाटै भिडियो फैलिएको निष्कर्ष निकालेका थिए । श्रोत ब्ला ष्ट खबर

Leave a Reply

Your email address will not be published.