October 22, 2020

Halkhabar kura

Entertainment Site

बरिष्ठ शिक्षाविद् तथा सांसद उमेश श्रेष्ठलाई कोरोना सङ्क्रमण

काठमाडौं । बरिष्ठ शिक्षाविद् तथा सांसद उमेश श्रेष्ठलाई कोरोना पुष्टि भएको छ । कोरोना परीक्षणको आज आएको रिपोर्टमा आफुलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभएको छ ।

उहाँले आफुले हिजो परीक्षण गरेको र आज प्राप्त रिपोर्टमा कोरोनाभाइरसबाट सङ्क्रमित भएको देखिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “आज प्राप्त रिपोर्टमा मलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।”उहाँले आफु अहिले होम आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिनुभएको छ ।

शिक्षाविद् श्रेष्ठले आफुसंग पछिल्लो समयमा प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सजगता अपनाउन अनुरोध पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *