September 24, 2021

Halkhabar kura

Entertainment Site

संघीयता खारेज गर्ने र धर्मनिरेपेक्षतामा जनमतसंग्रह गर्ने मिश्रको प्रस्तावलाई मनिषाको समर्थन !

1 min read

संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमा थुप्रै प्रतिक्रिया आएका छन् ।

यसमा विश्च चर्चित अभिनेत्री मनिषा कोइरालाले पनि समर्थन जनाएकी छन् । आफ्ना हजुरबुवा विपी कोइरालाजस्तै मनिषा पनि देशको एजेण्डामा उत्रिएकी हुन् ।

सोमबार विवेकशील साझाका अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । ‘माग परिवर्तन: विचारभन्दा माथि देश’को दस्तावेज छलफल र बहशका लागि भन्दै उनले यी विषयमा आफ्ना विचार र अवधारणा सार्वजनिक गरेका हुन् । उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी गर्नुपर्ने धारणा अघि सारेका छन् ।

यसमा मनिषा कोइरालाले समर्थन जनाउँदै रवीन्द्रलाई हिम्मतिलो नेतृत्व क्षमताका लागि कमेन्ट मार्फत धन्यवाद दिएकी छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पनि संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक भएको बताएका छन् ।

‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको अजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो। हामी सही बाटोमा छौं भन्ने प्रमाणित हुँदैछ,’ उनले लेखेका छन्।