September 24, 2021

Halkhabar kura

Entertainment Site

भ्रष्ट नेताहरुबाट देश जोगाउने भए यी दुई रोगको उपचार बेलैमा गर्नु पर्छ नत्र पछुतो गर्ने ठाउँ पनि हुदैन

1 min read

वास्तवमा यो देश नबनेको नै “ बिर्सने रोग “ लागेर हो । यो एक प्रकारको घातक दिर्घ रोग हो ।

यो रोगले नेता र जनता दुबै ग्रसित छन

यो रोग लागेपछी नेताहरुमा जनताका समस्याहरु बिर्सने, चुनावमा गरेका वाचाहरु बिर्सने, ईमान्दारिता हराउने, अक्सिजन नपाएर जनता मरेको नदेख्ने, गरीब दुखी जनताको रोदन नसुन्ने, देश बेच्न मन लाग्ने, खाली कुर्सी मात्र देख्ने आदी लक्षणहरु देखा पर्दछ ।

यो रोग लागेका नेताहरु भ्रष्टचारी , नालायक र देशद्रोही हुने गर्दछन ।

त्यस्तै यो रोग लागेपछी जनताहरुमा नेताहरुले देशको लागी सिन्को पनि नभाचेको बिर्सेर मासु चिउरामा बिक्ने, चरम भ्रष्टचार गरेको बिर्सेर आमसभा जुलुसमा हिड्ने, नेता चुनाव जितेर गए पछी फर्केर पनि गाउमा नआको कुरा बिर्सेर मोटरसाईकल र्यालिमा हिड्ने ।

महामारी र बिपत्तिमा देश लुटेको बिर्सेर पार्टिको झन्डा बोकेर हिड्ने , जनता बिर्सेर खाली कुर्सिको लागी मात्र झगडा गरेको बिर्सेर तेरो भन्दा मेरो पार्टी राम्रो भन्दै आफु आफुमा हानाहान गर्ने , आफ्नो स्वार्थको लागी देश बेचेको बिर्सेर चुनाव आएपछी फेरी ति नै नेताहरुलाई जिताउन हिड्ने आदी लक्षणहरु देखा पर्दछ ।

त्यसैले देश बचाउनु र बनाउनु छ भने बेलैमा “बिर्सने रोग “ को उपचार गरौ ।

बिर्सने रोग बाट बच्ने उपायहरु-

१ कार्यकर्ता हैन देश को जनता बन्ने । २ पार्टिको हैन देश को झण्डा बोक्ने ।

यती गरे पछी “बिर्सने रोग “ ठिक भएर “सम्झिने रोग “ लाग्न थाल्दछ र नेताहरुको सफल उपचार गर्न हामी सक्षम हुने छौ ।

“ बिर्सने रोग “ बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ !

कलाकार कुमार कट्टेलको फेसबुकबाट