October 19, 2021

Halkhabar kura

Entertainment Site

हेर्नुहोस शनिवार सार्वजनिक हुने बजेटमा के छ त्यस्तो व्यवस्था ? वृद्ध भत्ता र कर्मचारी तलबबारे यस्तो अपडेट

1 min read

काठमाण्डौ

सरकारले आगामी वर्षको बजेट अध्यादेशबाट ल्याउन लागेको छ।

प्रतिनिधि सभा विघटन भएकोले गर्दा बजेट अधादेशबाट ल्याउन लागिएको हो। बजेटमा वृद्ध भत्ता लगायत कुराहरु पनि समावेश भएका छन्।

बजेट ल्याउनको लागि आर्थिक सर्वेक्षण शुक्रबार (भोली) २ बजे सार्वजनिक हुने भएको छ ।

मन्त्रालयमै जुमबाट कार्यक्रम सार्वजनिक गर्ने तथा पत्रकारहरुलाई भने समाचार संकलनका लागि प्रवेश दिईने भएको छ।

जेठ १५ गते आउन लागेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । शनिवार ४ बजे सार्वजनिक हुने लगभग निश्चित भएको कुरा मन्त्रालयले जनाएको छ ।

काम चलाउ सरकारले काम चलाउ बजेट ल्याउनुपर्ने विज्ञहरुले सुझाव दिईरहेको बेलामा ओली सरकारले भने अब आउने निर्वाचनमा मतदाता रिझाउने खालका कार्यक्रम ल्याउन लागेको बुझाइ रहिआएको छ । सबैलाई रिझाउने मेलोका कारण बजेट बढी नै आकर्षित हिसाबले आउने आंकलन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता लगायत राष्ट्रसेवक कर्मचारीको पनि तलव बढाउने घोषणा गरिसकेका छन । यस्तै, करको दायरामा समेत केहि परिवर्तन हुने संकेत देखिएको छ।