October 17, 2021

Halkhabar kura

Entertainment Site

शारिरिक व्यायाममा अल्छेपन नै समग्र रोगहरूको घर हो भन्ने कुरा बेलैमा बुझे उत्तम

1 min read

ब्यक्तिगत कुरा, सार्वजनिक हितमा- यो फोटो यसरी राख्नुको कारण छ। यस फोटोमा जगिङ्ग गरिएकोछ। जगिङ्गको अर्थ हिंडाईको दाई र दगुराईको भाई हो। यसको नेपाली नाम के हुन्छ होला। ५० बर्ष कटेपछि जगिङ्गलाई स्वास्थ्यको दृष्टीकोणले ऊत्तम मानिने रहेछ।

मेरो जागिर छैन। दैनिक जगिङ्ग गरेबापत मैले “भ्रमण भत्ता” पाऊने गरेकोछु। जम्मा २७ मिनेटको एऊटा बाटो तय गरेको छु।

यदि मौसम खराव छ भने सोही समय बराबर घरभित्र नै “ ट्रेडमिल” मा जगिङ्ग गर्छु। असिन पसिन भएर घर आईपुग्दा मभन्दा बढी खुशी श्रीमती र परिवार हुन्छन्। भ्रमण भत्ता यस प्रकार छ।

१ – दैनिक फलफूलमा १ दाना मध्यम आकारको स्याऊ या सुन्तला वा अन्य फलफूल। २ – दैनिक १ चम्चा घ्यू। ३ – दैनिक १ चम्चा चिनी। बिहानको चियालाई आधा चम्चा र दिऊंसोको चियालाई आधा चम्चा। खल्लो चिया त खानुपरेन।

४- चाहेजति हरियो सागसब्जी। ५- “ पारबोईल्ड” अर्थात ऊसिना चामलको भात। ६- गहुंको रोटी त्यसमा पनि अलिअलि बास्नाकोलागि बटर राखेर। ७- दूध दही चाहेजति।

८- माछा मासु कहिलेकहिं। शाकाहारीलाई सम्मान सहित। म पनि शाकाहारीको प्रयत्नमा छु। कहिलेदेखि भन्ने अझै अनिश्चित। ९- त्यसो त गुलियो कुरा खाएको छैनभने थोरै आईसकृम, मिठाई पनि खानसकिन्छ। तर नियन्त्रणमा।

१०- जांडरक्सी खांदै खांन्न। यदि कसैले चाहेमा सानो ग्लासको १ ग्लास वाईन वा बियर खानसकिन्छ भनेकोछ डाक्टरले ( केवल जानकारीकोलागि)।

अब मैले यसलाई “भ्रमण भत्ता” भन्नुको कारण छ। यसो नगरे म यस भत्ताबाट बन्चित हुन्छु।डायविटिज छ भने यो खानुहुन्छ, यो हुंदैन, आलु त छुनुपनि हुंदैन , मकैको भात मात्र खानुपर्छ, चिनी त हेर्नुपनि हुंदैन आदी ईत्यादि कुराहरू सुनिन्छ। कतिले त चाहिने भन्दा बढी बारेर शरिरमा ग्लुकोजको मात्रा न्यून भएर अप्ठेरो अवस्था पनि आएको देखेको छु।

रोग लागेर शारिरिक ब्यायाम गर्नुभन्दा ४० बर्ष ऊमेर पार गर्ने बित्तिकै थाल्ने हो भने भत्ता पाईन्छ( अर्थात खान पाईन्छ) र रोग लाग्दैन भन्ने कुरा यतिबेला बुझिंदैछ।

(अनियन्त्रित खाना त्यसबाट पाप्त हुने मोटोपन र शारिरिक ब्यायाममा अल्छेपन नै समग्र रोगहरूको घर हो भन्ने कुरा बेलैमा बुझे ऊत्तम)
– शिष्टाचार अभियान नेपाल

-साबिक हाँसपोसा (हाल इटहरी) का प्रख्यात स्वास्थ्यकर्मी सुमन दाहालको फेसबुकबाट , दाहाल हाल शिष्टाचार अभियान नेपालका अध्क्षय हुन् ।