May 25, 2022

Halkhabar kura

Entertainment Site

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना

1 min read

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उनको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् । ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए ।

उनलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उनी अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए ।

तर बालुवाटार फर्किएलगतै ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिएका थिए ।

Leave a Reply

Your email address will not be published.