January 21, 2022

Halkhabar kura

Entertainment Site

सत्तारूढ नेकपा फुट्दै, दाहाल, नेपाल र खनालको अलग पार्टी हुने !

1 min read

विनोद त्रिपाठी- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्दै । तर, पुर्व एमाले र पुर्व माओवादी भएर फुट्ने होइन । करिब ७० प्रतिशत पुर्व एमाले सहित सिंगो पुर्व माओवादी मिलेर संस्थापन पार्टीमा रुपान्तरित हुँदै । केपी शर्मा ओली सहित एकनाथ ढकालको पुर्व परिवार दल एउटै दलमा कायमै रहने । नयाँ वन्ने दल आउने वहुदल दिवस चैत २४ गतेकै दिन दर्ता र त्यहिदिन घोषणासभा गर्ने तयारी ।

यो कुराको भरपर्दो स्रोत तपाईंहरुलाई अवगत गराउँछु । हिजो अर्थात, बुधवार दिनभरि वालुवाटार, खुमलटार, धुम्बाराही र पुरानो माओवादी मुख्यालय भित्रको दृष्यको आधारमा देखिएको दृष्य स्रोतका आधारमा माथि उल्लेखित संकेतहरु जानकारी गराएको हुँ । किनकी,
१, प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष ओलीले हिजो बुधवार पटक पटक बरिष्ठ नेपाललाई बोलाएर विकसित घटनाक्रमका आधारमा अब संगै बस्न नसक्ने अवगत गराइसकेका छन् ।

२, अर्का अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल लगायतले सरकारको वचाउमा नलागेर उल्टै सरकार इतरको पक्षमा वोल्दै आएकोले आँफु वाध्य भएर कुनै न कुनै अप्रिय घटना तर्फ जान बाध्य भएको नेता नेपाल समक्ष ओलीले गंभिर ढंगले पोखेका थिए ।

३, ओलीको जवाफमा नेता नेपालले तपाईंको आफ्नो काम गर्नुस, तर पार्टीलाई जनताको नजरमा हामी गिर्न दिनेछैनौं भन्ने उत्तर दिएका छन् । यो असहमतिपछि वालुवाटार भित्रका केहि ब्यक्तिले साँझमा मलाई दिएको जानकारी अनुसार, अब ओली र नेपाल संगसंगै एउटै पार्टीमा रहने छैनन् ।

४, अर्का पार्टी अध्यक्ष दाहाललाई ओलीको तल परेर पार्टीमा आसन्न महाधिवेशनसम्म जान नसकिने, बरु रुपान्तरित पार्टीवाट एकल अध्यक्ष भएर जाने, तर माधव नेपाल, झलनाथ खनाललाई संगसंगै लिएर जाने निर्णयमा पुगिसकेका छन् ।

५, पुर्वएमालेका नेपाल र खनाल सहित करिव आधा भन्दा बढि पुर्व एमाले दाहालकै अध्यक्षतामा नेकपाकै संस्थापन पार्टीको रुपमा अघि बढ्ने स्वीकार गरिसकेका छन् । यसको घनिभुत रुपमा तयारी एक महिना अघि वामदेव गौतमको घरमा भएको बैठकले शुरुवात गरिसकेको हो ।
अब लागौं, किन यो भयो त ?

ओलीसंग सरकार गठनदेखि नै नेपाल र खनाल पक्षहरु चिढिंदै आएका थिए । सरकार गठनमा ओली पक्षको उन्मक्त शैली, राष्ट्रपतिको ब्यवहारप्रति रुष्ट लगायतका कारणहरु यसमा जोडिएका छन् । किनकी, दाहाल, नेपाल र खनालले विद्यादेवी भण्डारीलाई जर्वजस्ती वाध्य भएर राष्ट्रपतिमा स्वीकार गरेका थिए । भण्डारी राष्ट्रपति भएपनि यद्यपी अहिलेसम्म उनि ओली पक्षधरको एक प्रिय कार्यकर्ता हुन् । यहि विकासक्रम यसरी बढ्दै गयो कि, पार्टी संचालनदेखि सरकारका कामकारवाहीप्रति ओली इतरपक्षलाई विच्काइरहेको थियो ।

जब, कानुनमन्त्रीवाट शेरवहादुर तामाङ राजीनामा दिन वाध्य भए, त्यसपछि झन ओलीसंग पुर्वएमालेको एउटा तप्का नराम्रोसंग ओलीवाट टाढा भएको थियो । क्रमश ः अर्का अध्यक्ष दाहालसंग नजिएको पुर्वएमालेको बलियो पक्ष नेपाल खनालको समुह वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने यो घडीसम्म पुरै एकिकृत भइसकेको छ । अहिले, दैनिक दाहाल, नेपाल र खनाल पक्षधरको वैठक बसिरहेको हुन्छ । तर, ओलीले वोलाए मात्र नेताहरु वालुवाटार जाने गरेका छन् ।

हालका अर्थमन्त्री युवराज खतिवडा ओलीका खास पात्र हुन् । नेपाल राष्ट्र वैंक, विभिन्न उपभोक्ता संस्था र सर्वसाधारण नागरिकले महंगी बढेको भन्दै आएपनि खतिवडाले यसको विपरित विवरण ओली समक्ष पुर्याउँछन् । अनि, ओलीले खतिवडाकै रिपोर्टलाई पुर्ण विश्वास गर्छन् । त्यहि आधारमा, ओलीले खतिवडालाई कुनै हालतमा मन्त्रीवाट हटाउन चाहंदैनन् । अर्कोतिर, ओलीले वामदेवलाई राष्ट्रियसभाको सदस्य वनाउने कुरै त छोडौं, पार्टी सचिवालयको सदस्यवाटै हटाउन चाहन्छन् ।

यहि कुराको संकेत हिजो वुधवार ओलीले नेपाल समक्ष राखेर पार्टी फुटको संघारको जनाउ दिइसकेका छन् । संविधान संसोधनका लागि कुनै कार्यदल नवनेको, वामदेबलाई राष्ट्रियसभामा लाने कसैले नभनेको भनेर हिजोको सचिवालय वैठकमा ओलीले सबैलाई चेतावनी दिइसकेका छन् । सचिवालयको निर्णयप्रति कुनै मतलब नभएको भन्दै ओलीले नै पार्टी फुटमा जान सक्ने नेता नेपाल समक्ष राखेका छन् ।

स्मरण रहोस, सरकारमा भएका सबैभन्दा प्रिय एउटा पात्र गोकुल वाँस्कोटा हटेपछि रन्थनिएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली अब अर्का प्रिय पात्र खतिवडालाई कुनै हालतमा मन्त्रीवाट गुमाउन चाहंदैनन् । उनले यो कुरा हिजो नै नेपालसमक्ष अब बर्बादीको सामना गर्न सबै तयार हुनु भनेर संकेत गरिसकेका छन् ।

निष्कर्षमा, अब सत्तारुढ नेकपाको यो विग्रहले फेरि नेपालको राजनीति खल्बलिने निश्चित छ । अर्को तर्फ ओलीले कुनै अप्रिय कदम चाल्ने नेता नेपाल समक्ष राखेपछि संसद विघटन वा अन्य अश्वभाविक काम त हुँदै छैनन्, भन्ने तर्फ पनि संकेत देखाइसकेको छ । तर, जे भएपनि अवको केहि दिनभित्र नेपालको राजनीति आकाशमा परिवर्तनका परिणामहरु देखिने स्पष्ट छ ।

-लेखक त्रिपाठी वरिष्ठ पत्रकार हुन् ।

Leave a Reply

Your email address will not be published.