November 28, 2021

Halkhabar kura

Entertainment Site

उमेर हदको विषयलाई लिएर कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघका दुइ समूहबीच झडप, दर्जन बढी घाइते

1 min read

काठमाडौं । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमै भिडेका छन् । सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेका कार्यकर्ताबीच झडप भएको हो ।

आज दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा अपरान्ह केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो । काँग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् । झडपमा दर्जन भन्दा बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् । यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको छ ।

यसअघि दिउँसो संस्थापन पक्ष र पूर्व महामन्त्री कुन्दनराज काफ्ले समूहबीच झडप हुँदा २ जना घाइते भएका थिए । पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि संस्थापन समूहसँग झडप भएको हो ।

पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका कुन्दनराज काफ्ले समूहमाथि हातपात र आक्रमण भएको नेविसंघका नेता नवराज त्रिपाठिले बताउनुभयो ।  पूर्व महामन्त्री काफ्लेले भाषण गरिरहेका बेला संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको बताइएको छ । लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ ।

नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि तनाव भएको हो । सभापति शेरबहादुर देउवाले ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् ।

Leave a Reply

Your email address will not be published.