January 24, 2022

Halkhabar kura

Entertainment Site

‘अला वैकुंठापुरमलो’ को १० दिनमा २२० करोड, खुशी हुँदै स्टार अल्लु अर्जुनले लेखे यस्तो

1 min read

काठमाडौँ । साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कमाउन सफल भएको छ ।

गत जनवरी १२ मा प्रदर्शनमा आएको यस चलचित्र प्रदर्शनमा आएको १० दिनमै यतिका रकम कमाउन सफल भएको हो । चलचित्रले सुरु दिनमै शानदार कमाई गरेको थियो । चलचित्रको पहिलो दिनको कमाई नै ११९ करोड रहकाे थियाे ।

राम्रो कमाई गरेपछी खुशी हुँदै चलचित्रका अभिनेता अल्लुले दर्शकहरुलाई धन्यवाद दिँदै ट्विटरमा एक फोटो पोष्ट गर्दै लेखेका छन्, ‘यो अनुहारमा आएको खुशी निकै सुन्दर छ । यो खुशी मनैभित्रबाट महसुस गरिरहेको छु । हामीलाई खुशी त्यतिबेला मिल्छ जतिबेला दिलभित्रबाट माया पाउँछौँ । तपाईंको माया र आशिर्वादको लागि धन्यवाद ।

यता सन् २०१८ सेप्टेम्बरमा नवाजुद्दीन सिद्दीकी नन्दिता दास निर्देशित फिल्म ‘मन्टो’मा सआदत हसन मन्टो बने । ठीक पाँच महिनापछि उनी बाल ठाकरेको भूमिकामा देखिए ।

नावजुद्दीनले यसमा एक कलाकार हरेक भूमिका निभाउन स्वतन्त्र हुने र उसको भूमिकामा कुनै छेकबार हुन नहुने भनेर पन्छन सक्छन् ।

अभिनेता मोहम्मद जीशान अयूब मन्टो उनको मनपर्ने भूमिका भएकाले आखाँ चिम्लेर लिने तर बाल ठाकरेको भूमिका पाएमा पटकथा पढेर मात्र निर्णय लिने बताउँछन् ।

जीशान भन्छन् ,‘ बाल ठाकरेको भूमिका निभाउन समस्या होइन तर म प्रोपोगेण्डा फिल्म गर्दिनँ । म हिटलरलाई हिटलर देखाउने भूमिका स्वीकार्छु तर उनलाई एक राष्ट्रभक्त देखाउने फिल्म खेल्न सक्दिन ।’

वरिष्ठ फिल्म पत्रकार जिया उस सलमानको विचारमा कलाकारले भूमिकामा विविधता खोज्छ । त्यो स्वाभाविक पनि हो । तर मन्टोको कुरा गर्ने कलाकार अचानक बाल ठाकरेलाई नायक देखाउने प्रोपोगेण्डा फिल्ममा कसरी काम गर्न सक्छ भन्ने प्रश्न गर्छन् ।

सलाम यसका पछाडि लोभ र डरको भूमिका देख्छन् । ‘तानाजी द अनसंग वारियर’ फिल्ममा उदयभान राठौरको भूमिकामा सैफ अली खान सहमत थिएनन् । तर पनि उनले यो भूमिका निभाए । यो कुरा उनी आफैले भनेका हुन् ।

सैफ अली खानले अब आगामी दिनमा यस्तो भूमिकामा अभिनय गर्नु अघि सोच्ने बताए ।

सैफले ‘तानाजी’ फिल्ममा राजनीतिक कथ्यलाई तोडमोड गरिएको बताउँदै उक्त कुरालाई निक्कै खतरनाक बताए । सैफले आफूलाई फिल्ममा इतिहास तोडमोड गरिएको कुरा पहिले थाहा भएको तथ्य खुलाए ।

यति धेरै कुरा थाहा हुदाँहुदै पनि सैफले किन यो भूमिका निभाए त रु सैफले भूमिका छनौटको प्रतिरक्षामा आफूलाई भूमिका निकै आकर्षक लागेको बताएका छन् ।

चर्चित फिल्मकर्मी मुजफ्फर अली भने सैफको तर्कलाइ बेकार मान्छन् । उनी भन्छन् ,‘ जब तपाईलाई फिल्मको राजनीतिक कथ्य बदलिएको छ भन्ने थाहा थियो भने तपाईलाई कसरी भूमिका आकर्षक लाग्यो रु यो त तर्कै भएन । थाहा पाउदाँ पाउदै गतल गर्नुको के मतलब भयो रु’

तानाजी फिल्ममा मुगल शासकलाई विदेशी र हिंस्रक भनिएको छ । साथमा फिल्ममा मराठाको महिमामण्डन गरिएको छ ।

उमराव जानजस्तो फिल्म बनाउने निर्देशक मुजफ्फर अली भन्छन् ,‘ यो कुरा तानाजीको मात्र होइन । तपाई पद्मावत हेर्नुस् । यसमा त अलाउद्दीन खिलजीलई कुनै चपरासीजस्तो देखाइएको छ । अलाउद्दीन खिलजी मध्यकालको एक शासक थिए र उनको भूमिकालाई ऐतिहासिक अनुसन्धान गरेर दखाउनुपर्छ । यसमा हिन्दू–मुसलमानको दुर्भावना देखाउनु हुदैन । अहिले फिल्ममा संकीर्ण एजेन्डालाई लिएर काम गरिदैंछ । ऐतिहासिक भूमिकामा तपाई तलमाथि गर्न सक्नुहुन्न ।’

अहिले भारतमा फिल्मकर्मीले मुसलमानलाई विकृत रुपमा प्रस्तुत गर्न थालेको चर्चा चल्न थालेको छ ।

चर्चित इतिहासकार हरबंस मुखिया भन्छन् ,‘कुनै पनि शासकलाई हामी कसरी धर्मको चश्माले हेर्न सक्छौं रु अकबरको जमानामा सबैभन्दा खास राजा मान सिंह थिए । औरंगजेबको जमानामा राजा जयवन्त सिंह र जय सिंह सबैभन्दा खास रहे । मराठामा पनि धेरै महत्वपूर्ण राजा थिए । मध्यकालमा कुनै मुस्लिम शासन थिएन, मुसलमान शासक थियो । तिनको राज्यमा हिन्दू पनि महत्वपूर्ण पदमा रहन्थे । फिल्म बजारमुखी हुन सक्छ तर यसमा इतिहासलाई बजारवादी बनाइन हुदैन ।’

आशुतोष गोवारिकरले सन् २००८ मा जोधा–अक्बर फिल्म बनाएका थिए । यो फिल्म हिन्दू राजकुमारी र मुगल शासक अकबरको प्रेम कहानी हो । तर समस्या के भने हिन्दू राजकुमारी इतिहासमा कतै भेटिदैन ।

‘अकबरको समयमा जोधाबाई नामको कुनै ऐतिहासिक महिला नै थिइनन् । जाहांगिरको एक जोधाबाई नामकी पत्नी रहेको भनिन्छ । तर अकबरको जोधाबाई नामको कुनै पत्नी थिइनन् । आशुतोषले फिल्म

बनाउनु अघि चर्चित इतिहासकार इरफान हबीबसँग गएर सोधेका थिए । उनले अस्वीकार गरेका थिए तर पनि फिल्म बनाइयो ,’ मध्यकालिन समयका चर्चित इतिहासकार हरबंस मुखियाले भने ।

इतिहासकार अकबरको पाँच जना मात्र पत्नीको रहेको बताउँछन् । ती सलीमा सुल्तान, मरियम उद जमानी, रजिया बेगम, कासिम बानू बेगम र बीबी दौलत शाद थिए । जोधाबाई कतै पनि उल्लेख छैनन् ।

‘भारतमा सरकार वा राजनीतिक ध्रुवीकरण हेरेर फिल्म बनाइन्छ । कंग्रेसको सरकारमा हिन्दू मुसलमान प्रेममा आधारित ‘जोधा–अकबर’ फिल्म बन्यो । अहिलेको सरकार उग्र हिन्दू राष्ट्रवादी छ र ‘तानाजी’जस्तो फिल्म बनिरहेको छ । यहाँ सत्तालाई खुसी बनाउन फिल्म बनाउने परम्परा बसेको छ । अहिले भाजपा शासित राज्यमा तानाजीले करमुक्त गरिएको किन गरिएको छ त रु’ हरबंस मुखियाले भने ।

केही ऐतिहासिक भनिएका फिल्मको सुरुमै यस फिल्मका पात्र काल्पनिक भनेर ‘डिस्क्लेमर’ दिइएको हुन्छ । अरबंस भने सबै पात्रहरु काल्पनिक हुन् भने तिनको नाम पनि इतिहासबाट नलिएर काल्पनिकनै राख्नुपर्ने तर्क गर्छन् ।

चर्चित फिल्मकर्मी आनन्द पटवर्धनको विचारमा पनि भारतीय फिल्ममा मुसलमान पात्रलाई खराब देखाउने चलन बढेको मान्छन् ।

सैफ अलि खान र अजय देवगन अभिनित फिल्म ‘तानाजी द अनसंग वारियर’ले अहिले करौडौं पैसा कमाइरहेको छ । अहिले आएर सैफ अली खानले आगामी फिल्ममा यस्तो भूमिका ननिभाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.