October 19, 2021

Halkhabar kura

Entertainment Site

देशभर चिसो अत्यधिक बढ्यो, तरुण दल सुनसरीका अध्यक्ष गुरुङले गरे विपन्न परिवारलाई न्यानो कपडा वितरण

1 min read

इटहरी । देशै भर चिसो अत्यधिक बढेको छ । केही दिन न्यानो महसुस भए पनि बिहीबारबाट फेरि चिसो बढेको हाे । चिसो बढे सँगै मानिसहरूको जनजिवन प्रभावित भएको छ । चिसोले गरिब तथा विपन्न परिवारको जीवनलाई झन असहज बनाएको छ ।

चिसो बढेसंगै अहिले सबैजसो जिल्लामा दाउरा लगायत न्यानो कपडाहरु वितरण भैरहेका छन् । यसैक्रममा चिसोले जनजिवन असामान्य भए पछि तरूण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले न्यानो कपडा वितरण रहेका छन् ।

सामाजिक क्रियाकलापहरूमा सक्रिय गुरुङले इटहरी १ र २० का गरिब तथा विपन्न परिवालाइ न्यानो कपडा वितरण गरेका हुन् । उनले इटहरी १ र २० का १९ घर परिवारलाई कपडा वितरण रहेको बताए । अत्यधिक चिसो बढिरहेकाले जाडोबाट कसैले ज्यान गुमाउनु नपराेस भनेर सानो सहयोग मात्र गरेको उनको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published.