October 17, 2021

Halkhabar kura

Entertainment Site

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

1 min read

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल एन्फा कम्प्लेक्समा मध्यान्ह १२ बजे सुरु हुनेछ ।

लिगको शीर्षस्थानमा पुग्न मनाङलाई आजको खेलमा बराबरी नै पर्याप्त हुनेछ । आजै हुने दोस्रो खेलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने संकटा र जावलाखेलबीचको दोस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

जावलाखेललाई संकटाविरुद्ध जित निकाल्दै शीर्षस्थान उक्लने अवसर छ ।

Leave a Reply

Your email address will not be published.