October 17, 2021

Halkhabar kura

Entertainment Site

नेपाली युवा वैज्ञानिकहरु संगठित, संसारभरका अनुसन्धानकर्ताहरुसँग सहकार्य गर्ने

1 min read

काठमाडौं ।  स्वदेश तथा विदेशमा रहेका नेपाली अनुसन्धानकर्ताहरुबीच समन्वय र सहकार्य गर्ने उद्देश्यकासाथ नेपाली युवा वैज्ञानिकहरु संगठित भएका छन् ।

उनीहरुले स्थापना गरेको युवा वैज्ञानिक फोरम (वाईएसएफएन) मार्फत् देशमा अध्ययन अनुसन्धानको विकास तथा विस्तारको प्रयास गरिने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले विज्ञान प्रविधिले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वैज्ञानिक मेघनाध धिमालको संयोजकत्वमा ७ सदस्सीय तदर्थ समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा त्रिवि रसायनशास्त्र विभागका सह—प्राध्यापक एवं अनुसन्धानकर्ता अच्युत अधिकारी, विश्व विद्यालय अनुदान आयोगको अनुसन्धान विभाग प्रमुख प्रमोद पौडेल, क्याटिलिस्ट टेक्नोलीजीका प्रमुख एवं जडिबटी अनुसन्धानकर्ता प्रतिभा पाण्डे, फ्रेस वाटर इकोलोजिस्ट एवं काठमाडौं विश्वविद्यालयकी उपप्राध्यापक रामदेवी तचामो साह, इसिमोडका जलवायु विज्ञ सन्तोष नेपाल र माइक्रोबाइलोजिस्ट एवं अनुसन्धानकर्ता योगेन्द्र साह रहनु भएको छ । समितिका सबै सदस्यहरुले विद्यावारिधि पुरा गर्नुभएको छ ।

फोरमले अनुसन्धानको क्षेत्रमा नयाँ युवा वैज्ञानिकहरुलाई सल्लाह सुझाव र प्लेटफर्म निर्माणका लागि मद्दत गर्ने, क्षेत्रगत अनुसन्धानमा सामेल गराउने लगायतका उद्धेश्य राखेको सदस्य अधिकारीले जानकारी दिनुभयो । फोरममा विज्ञानको मात्रै नभएर अनुसन्धान गर्ने सबै युवाहरुलाई आबद्ध गरिने र ७ वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो ।

विश्व युवा वैज्ञानिक प्रतिष्ठानको नेपाल च्याप्टरको पनि मान्यता पाएको र नेपालको सरकारी संयन्त्रद्वारा गठित एक मात्र युवा वैज्ञानिक फोरम भएकाले पनि यसबाट काम गर्न सजिलो हुने संस्थापकहरुले विश्वास व्यक्त गरेका छन् ।

फोरम गठन भएको घोषणा गर्नका लागि आयोजित कार्यक्रममा वैज्ञानिक अधिकारीले नेपाल—चीन प्राविधिक विश्वविद्यालय, नेपाल—भारत प्राविधि विश्वविद्यालय, नेपाल—कोरिया इन्जिनियरिङ विश्वविद्यालय जस्ता अन्तरदेशिय विश्वविद्यालयहरु खोल्नु पर्ने अवधारणा प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.