October 28, 2021

Halkhabar kura

Entertainment Site

कुलमान घिसिङले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नपाउने

1 min read

काठमाडौं, १० भाद्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा नि’रन्तरता नपाउने भएका छन् । उनको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै अ’सन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नि’युक्ति नपाउने भएका हुन् ।

विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी ह’ल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै अ’सन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषय बालुवाटारमा समेत उठेको छ ।

पछिल्लो समय घिसिङले सामाजिक स’ञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि द’बाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । सामाजिक सञ्जालमा लोकप्रीयता देखाउने र सरकारलाई नियुक्तिका लागि वाध्य बनाउने घिसिङको रणनीतितर्फ समेत ध्यान दिई अ’सन्तुष्टिहरु बढेको छ ।-File Photo
reportersnepal.com

Leave a Reply

Your email address will not be published.