January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोनामा प्रयोग हुने औषधीको उत्पादन नेपालमै सुरु, औजारको अभावले चिकित्सक त्रसित

1 min read

काठामाडौँ । सरकारले लकडाउन सुरुभएपछि उपभोग्य बस्तु र औषधीको अभाव नहुने दावी गरिरहेका बेला चिकित्सकहरुले भने कोरोना संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्दा कुन विधि र औषधी प्रयोग गर्ने भन्ने ज्ञानको अभाव भएको बताएका छन् । उपचारका क्रममा संक्रमितसंगै नजिक भएर बस्नु पर्ने तर, आफुहरुसंग संक्रमण क्षेक्न सक्ने मास्क र अन्य सामाग्रीहरु नहुँदा मनोवैज्ञानिक त्रासमा रहनु परेको उनिहरुको भनाई छ ।

विश्वलाई नै त्रासमा राखेको कोराना भाइरस नयाँ भएकाले यसको उपचार पद्धती र औषधीमा समेत चिकित्सकहरु अनविज्ञ छन् । सरकारले यसबारे चिकित्सक र नर्सलाई तालिमको व्यवस्था त परै जाओस आवस्यक परामर्श लिने व्यवस्था समेत गर्न सकेको छैन ।

यस्ता खतरनाक नयाँ भाइरसहरुका लागि धेरै जसो औषधीको परिक्षण चीनले गर्ने र त्यसैबाट अरुले काम चलाउने गरेपनि अहिले चीन आफै यस्तो औषधीको खोजिमा छ । कोराना संक्रमित नेपालमा छिरेपनि अहिले सम्म नियन्त्रण बाहिर नगएकाले यसलाई रोक्न नयाँ ढंगले जानुपर्ने चिकित्सकहरुको भनाई छ ।

कोरोना संक्रमित विश्वका विभिन्न मुलुकसहित छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा नेपाली नागरिक छिरिसकेकोकाले सरकारले क्वारेन्टाइन र आइसोलेशनको सख्या बढाउँदै लकडाउनको समय लम्बिन सक्ने जनाउ दिएको छ । लकडाउनका समयमा हुन सक्ने सम्भावित अभावलाई लिएर आम जनचासो बढिरहेका बेला भोली देखिनै उपभोक्ताले आधा मात्रै ग्यास सिलिण्डर पाउने भएका छन् ।

एकातिर खाद्यान्नको भण्डारणलाई कसरी बढाउने भन्ने चिन्ता छ भने अर्कोतिर तत्कालै देखिएको औषधीको अभावलाई कसरी पुरा गर्ने भन्ने अर्को समस्या । सरकारले तीन दिन भित्र ३२ टन औषधी नेपाल आइपुग्ने जनाए पनि यो मितिलाई चीन सरकारले फेरी एकसाता पर सारेको छ । यद्यपी सरकारी अधिकारीहरुले भने अझै छमहिनाका लागि कुनै पनि बस्तुको अभाव नहुने बताई रहेका छन् । प्रधानमन्त्री कार्यलयका सचिव नारायण विडारी ।

कोरोना संक्रमितलाई कुन र कस्तो औषधी प्रयोग गर्ने भन्ने निस्कर्षमा पुग्नु भन्दा पनि अहिले चिकित्सकको सुरक्षाका लागि आवस्यक औजारहरुको अनिवार्य आवस्यकता देखिएको छ । यीनै औचारका कारण प्रदेश र स्थानीय तहमा खोलिएका क्वारेन्टाईन र आइसोलेशनहरु सञ्चालन हुन सकेका छैनन् ।

औषधीकै लागि अहिले आत्तिनुपर्ने अवस्थामा नेपाल नभएको चित्सिकहरुकै भनाईछ । चीनले प्रयोग गरेका केहि औषधीलाई हेरेर नेपालमै यस्तो औषधी बनाउन पनि थालिएको छ । अहिले सरकारको अनुमतिमा कोरोना संक्रमितलाई प्रयोगहुने औषधी नेपालमा बनिरहेको र निकट भविश्यमै यसको अभाव नहुने चिकित्सकहरुको भनाई छ ।

ढिलै भएपनि सरकारले संक्रमणबाट जोगिनका लागि गरेको लकडाउनलाई लिएर सवैले समर्थन नै जनाएका छन् । अहिलेको समयमा संक्रमणबाट बच्ने उपाए भनेकै एक अर्काबाट बच्नु हो । नेपालमा भेटिएका संक्रमितहरुको उचार भइरहेकाले थप संक्रमणबाट आम नागरिकलाई बचाउन सरकारले थप तयारी बढाउदै लानुपर्ने र सरकारी कदमलाई सवैले समर्थन गर्नुपर्ने भन्दै कांग्रेसले भिडभाडमा नजान र सरकारलाई सहयोग गर्न अपील पनि गरेको छ ।

नेपाल छिर्ने हवाई र स्थल मार्ग अहिले बन्द रहे पनि उपचार गराइरहेको दुई विरामीको संसर्गमा रहेकाहरुबाट कोरोना संक्रमण फैलिएको सम्भावना धेरै छ । उनिहरुको पहिचनामा समेत ढिलाई भइरहेको अवस्था छ । यस्तो समयमा सरकारले नेपाल छिरिसकेकाहरुलाई खोजेर क्वारेन्टाइनमा राखनु आवस्यक छ ।

Leave a Reply

Your email address will not be published.