November 29, 2021

Halkhabar kura

Entertainment Site

कोही पनि भोकमरीको सिकार बन्‍नुनपरोस् : कांग्रेस सभापति देउवा

1 min read

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोही पनि भोकमरीको सिकार बन्‍नुनपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट नेपालले सुरक्षाका लागि लकडाउन गरे पनि न्यून आय भएकालाई राहतको व्यवस्था मिलाउन पनि सभापति देउवाले सरकारलाई आग्रह गरेका छन् ।

‘‘विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो। कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्‍न नपरोस्,’’ उनले आज ट्विट गर्दै भनेका छन्, ‘‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’’

Leave a Reply

Your email address will not be published.