November 28, 2021

Halkhabar kura

Entertainment Site

इटालीमा कोरोनाबाट मृत्यु हुने ७५ सय नाघ्यो, कम्तिमा ५० पादरीको मृत्यु

1 min read

एजेन्सी । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसले विश्वका २१ हजारभन्दा बढी मानिसको मृत्यु भैसकेको छ । सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ ।

त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण ७ हजार ५०३ जनाको मृत्यु हुँदा ५० जनाभन्दा बढी इसाई धर्मका पादरीको पनि निधन भएको सरकारी अधिकारीले बताएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोस्थित चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो ।

भाइरसबाट पोपकै मृत्यु हुन थालेपछि सबजसो गिर्जाहरु बन्द गरिएका छन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित इटालीमा करिब ७५ हजारमा संक्रमण देखिएको छ । करिब १० हजार जनामा निको भएको छ भने अरुले एकान्तवासमा रहेर उपचार गराइरहेका छन् ।

Leave a Reply

Your email address will not be published.