January 21, 2022

Halkhabar kura

Entertainment Site

कोरोना नियन्त्रणसम्बन्धी कामका लागि सरकारले माग्यो १३४ डाक्टर तथा स्टाफ नर्स

1 min read

काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणसम्बन्धी कामका लागि १ सय ३४ जना डाक्टर तथा नर्स माग गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७/५ जना जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्ट तथा २० जना मेडिकल अधिकृत र एक सय जना स्टाफ नर्सको लागि आवेदन माग गरेको हो ।

जनरल फिजिसियन र एनेस्थेसियोलोजिस्टको लागि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस गरेको हुनुपर्नेछ ।

यस्तै स्टाफ नर्सले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । आवेदन दिनको लागि सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । आवेदन दिन एक हप्ताभित्र admin@mohp.gov.np मा पठाउन सकिन्छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवेदन मागेकाले पहिलो आवेदक पहिलो प्राथमिकता र योग्यताका आधारमा करार नियुक्त गरिने पनि मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.