November 28, 2021

Halkhabar kura

Entertainment Site

राष्ट्रियसभामा खतिवडालाई लैजाने प्रधानमन्त्रीको तयारी, संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग

1 min read

काठमाडौं । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय केही घन्टामै धरापमा परेको छ ।
आज बिहानको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा गौतमलाई लैजाने निर्णय गरेको केही घन्टामै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले त्यसलाई नमान्ने चेतावनी दिनुभएको छ ।

अध्यक्ष ओलीले आफूवि-रु-द्ध- ‘खेल’ खेलिएको र त्यसको सामना गर्न आफू तयार रहेको बताउँदै सचिवालयले गरेको वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय नमान्ने चे-ता-व-नी फोन गरेर बताएको एक जना सचिवालय सदस्यले जानकारी दिएका छन् । पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेर आफू-बि-रु-द्ध- ष-ड्य-न्त्र- भएको भन्दै अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सदस्यमा निरन्तरता दिने बताउनुभएको छ ।

यसअघि, पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु आफूवि-रु-द्ध- योजनावद्ध रुपमा भएको भन्दै ओलीले सचिवालय बैठकमा आ-क्रो-श- पोख्नुभएको थियो ।
यसअघि, नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । आज बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच त्यस विषयमा अलग्गै भेटवार्ता भएको थियो । अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठक बसेको हो ।

राष्ट्रपतिबाट राष्ट्रिय सभामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल आगामी २० गते सकिँदै छ ।  नयाँ निर्वाचित र राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सदस्यले फागुन २१ गते सपथ लिँदैछन् ।

यसैबिच, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ ।  राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा नमानेको साथै पार्टीभित्र र बाहिर पनि संविधान संशोधनको चर्को आलोचना भएपछि कार्यदललाई निष्कृय बनाउने निर्णय भएको पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.