January 21, 2022

Halkhabar kura

Entertainment Site

गण्डकी प्रदेश सांसद दीपक मनाङे ६ हजार धरौटीमा छुटे

1 min read

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद दीपक मनाङे जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्न म्याद लिएको तेस्रो दिनमै छुटेका छन्।

कास्की जिल्ला प्रशासन कार्यालयले मनाङेलाई ६ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। कास्की प्रहरीले शुक्रबार मात्र मनाङेलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट दुई दिनको म्याद लिएको थियो। शनिबार सरकारी कार्यालय बन्द हुने भएकाले मनाङेलाई आइतबार जिल्ला प्रशासन कार्यालय लगिएको थियो। फुटबल खेलको विवादमा मनाङेले गुरुङमाथि हातपात गरेका थिए।

अभद्र व्यवहारको उजुरीपछि प्रहरीले मनाङेलाई गत बिहीबार लेक साइडस्थित एक होटलबाट पक्राउ गरेको थियो। पोखरा विमानस्थलबाट ठूलो परिमाणको गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका, रिठ्ठेपानीमा बस्ने ४० वर्षीय जितु शाहीलाई पोखरा विमानस्थलबाट २९ थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

यस्तै पोखरा विमानस्थलबाट यती एयरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको झोला विमानस्थलको एक्सरे मेसिनले परीक्षण गर्ने क्रममा २९ राउण्ड गोली फेला परेको एसपी कार्कीले बताए ।

‘शाहीलाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ’, एसपी कार्कीले भने । उनको झोलाबाट बरामद गरिएका गोली २२ बोरको राइफलमा प्रयोग हुने रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

यस्तै विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफूसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको पुरन्धारा ९ का स्थानीय बेद बहादुर भनिने भीमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर ७ का नकुर तामाङ र रसुवाको आमाछोदिङ ५ का दावा छिरिङ तामाङ रहेका छन् ।

त्यसैगरी रामेछापको मन्थली ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगयाका २ का तेन्जिङ बहादुर तामाङ र सोही ठाउँका संजित वाईवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरिय अपराध महाशाखाका प्रहरी उपरीक्षक ९एसपी० मुकेशकुमार सिंहका अनुसार उनीहरुले पीडितलाई धारिलो हतियार खुकुरी देखाएर आँखामा खुर्सानीको धुलो छर्की लुटपाटमा गर्ने गरेका थिए ।

सिन्धुपाल्चोक मेलम्ची घर भइ काठमाडौं वडा नम्बर १५ भगवानगाउँ बस्ने बच्चुराम गुरुङलाई बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगरले बल्ने ढुङा छ भनि ५० लाख लुटेका थिए ।

लुटपाटपछि प्रहरीले घर्तीमगरसँगै उनको समूहमा रहेका अन्यको खोजी सुरु गरेको थियो । उनीहरुको साथबाट डकैती गरेको रकम मध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको १ थान मोटरसाइकल, घटनामा संलग्न भएको ३ थान मोटरसाइकल विभिन्न कम्पनीका मोबाइल र एक थान सुनको औठी बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.