November 29, 2021

Halkhabar kura

Entertainment Site

पोखरा विमानस्थलबाट २९ थान गोलीसहित एक जना पक्राउ

1 min read

काठमाडौं । पोखरा विमानस्थलबाट ठूलो परिमाणको गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका, रिठ्ठेपानीमा बस्ने ४० वर्षीय जितु शाहीलाई पोखरा विमानस्थलबाट २९ थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पोखरा विमानस्थलबाट यती एयरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको झोला विमानस्थलको एक्सरे मेसिनले परीक्षण गर्ने क्रममा २९ राउण्ड गोली फेला परेको एसपी कार्कीले बताए ।

‘शाहीलाई म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ’, एसपी कार्कीले भने । उनको झोलाबाट बरामद गरिएका गोली २२ बोरको राइफलमा प्रयोग हुने रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेका शाहीमाथि आवश्यक अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।

यस्तै विभिन्न अलौकिक वस्तुहरुको प्रलोभन देखाएर लुटपाट तथा डकैतीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका भित्र अलौकिक चिजवस्तुहरु बल्ने ढुंगा, बनझाँक्रिको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन र डलर लगायतका चिजवस्तुहरु आफूसँग रहेको भन्दै खरिदका लागि एकान्तमा बोलाइ लुटपाटमा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङको पुरन्धारा ९ का स्थानीय बेद बहादुर भनिने भीमबहादुर घर्तीमगर, नुवाकोटको दुप्चेश्वर ७ का नकुर तामाङ र रसुवाको आमाछोदिङ ५ का दावा छिरिङ तामाङ रहेका छन् ।

त्यसैगरी रामेछापको मन्थली ९ का कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगयाका २ का तेन्जिङ बहादुर तामाङ र सोही ठाउँका संजित वाईवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरिय अपराध महाशाखाका प्रहरी उपरीक्षक ९एसपी० मुकेशकुमार सिंहका अनुसार उनीहरुले पीडितलाई धारिलो हतियार खुकुरी देखाएर आँखामा खुर्सानीको धुलो छर्की लुटपाटमा गर्ने गरेका थिए ।

सिन्धुपाल्चोक मेलम्ची घर भइ काठमाडौं वडा नम्बर १५ भगवानगाउँ बस्ने बच्चुराम गुरुङलाई बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगरले बल्ने ढुङा छ भनि ५० लाख लुटेका थिए ।

लुटपाटपछि प्रहरीले घर्तीमगरसँगै उनको समूहमा रहेका अन्यको खोजी सुरु गरेको थियो । उनीहरुको साथबाट डकैती गरेको रकम मध्ये १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको १ थान मोटरसाइकल, घटनामा संलग्न भएको ३ थान मोटरसाइकल विभिन्न कम्पनीका मोबाइल र एक थान सुनको औठी बरामद गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.