November 28, 2021

Halkhabar kura

Entertainment Site

सांसद गगन थापाद्धारा संसदमा अर्को दुर्लभ अभ्यास, ऐन संशोधन बारे स्पष्टीकरण र निर्देशनको माग

1 min read

काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री तथा सांसद् गगन कुमार थापाले गोकर्ण-यति प्रकरणका लागि दुरुपयोग हुनेगरी ऐन संशोधन भएको बारेमा संसद्ले प्रष्ट पार्नुपर्ने माग गर्नु भएको छ ।

संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा पत्र दर्ता गर्दै उहाँले गोकर्ण यति—प्रकरणमा संसद् समेत जोडिएकाले संसद्ले प्रष्ट पार्नुपर्ने माग गर्नु भएको हो ।

सरकारले ऐनको संशोधन प्रस्तावलाई दुरुपयोग गरेको भन्दै संसदले ऐन संशोधन गरेको र त्यसलाई सरकारले दुरुपयोग गरेको भन्दै संसद र संसदीय समितिसँग स्पष्टीकरण र निर्देशनको माग गर्नुलाई नेपालको संसदीय अभ्यासमा दुर्लभ अभ्यास मानिएको छ ।

काँग्रेस प्रभावशाली नेता थापाले यही माघ ९ गते समितिमा पत्र दर्ता गराएको सामाजिक सञ्जाल मार्फत् जानकारी दिनुभएको छ । संसद्ले ऐन संशोधन गरेको र त्यसलाई दुरुपयोग गर्दै सरकारले गोकर्ण फरेस्ट रिसोर्टको जग्गा यति समूहलाई दिएकोले त्यसमा संसद पनि दोषी देखिएकाले संसदले स्पष्ट पार्नु पर्ने उहाँको भनाई छ ।

बदनियतका साथ नेपाल ट्रष्ट ऐन बदलेर प्रचलित कानून अनुसार निर्णय भएको सरकारले दावी गरेकाले गलत कार्यमा संसद पनि जोडिएको सांसद थापाको तर्क छ । सरकारले जस्तै संसद्ले पनि बदनियतका साथ ऐन संसोधन गरेको थियो की संसदलाई सरकारले झुक्काएको थियो भन्ने बारेमा संसदले प्रष्ट पार्न सांसद थापाले माग गर्नुभएको छ।

सरकारले ट्रस्टको ऐन नै संशोधन गरी ८ वर्ष लिज अवधि बाँकी रहँदै थप २५ वर्षका लागि गोकर्णको जग्गा यति समूहलाई लिजमा दिने निर्णयको अहिले सर्वत्र विरोध भएको छ ।

Leave a Reply

Your email address will not be published.