October 17, 2021

Halkhabar kura

Entertainment Site

रामकृष्ण ढकालले ‘हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’ भन्दै लेखे सामाजिक सञ्जालमा

1 min read

काठमाडौँ । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाहबीच सम्बन्ध विच्छेद भएको खबर फैलियो।

उनीहरुबीच काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको हो। जसलाई अदालतले समेत पुष्टि गरिसकेको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाले उनीहरुको सम्बन्धविच्छेदको मुद्दाको किनारा लगाएका हुन्।

जिल्ला अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठका अनुसार नीलमले रामकृष्णसँग अंश नलिने र छोरी रानी आमासँग रहने सहमति भएको छ। शाहले मंगलबार दायर गरेको सम्बन्धविच्छेदको मुद्दा त्यसको भोलिपल्ट अर्थात बुधबारै टुंगो लागेको हो।

यद्यपि ढकालले आफ्नाे सम्बन्ध विच्छेदमाथि आएका प्रतिक्रियालाई लक्षित गर्दै सामाजिक सञ्जालमा त्यस विषयमा बोलेका छन्।

उनले आफ्नो भेरिफाइड फेसबुक पेजमा निलमसँगकाे सेल्फी राख्दै, ‘अरुले के भन्छन्,त्यसमा कुनै सरोकार छैन, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’ भनेर लेखेका छन्।

यसविषयमा उनले थप केही खुलाएका छैनन्।

Leave a Reply

Your email address will not be published.