October 17, 2021

Halkhabar kura

Entertainment Site

आज काठमाडौंमा यो वर्षकै चिसो, न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेड

1 min read

काठमाडौं । उपत्यकामा चिसो बढेको छ । उपत्यकामा आज यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री हुँदा सोही समयमा जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार बिहान ५ः४५ मा काठमाडौंको तापक्रम ३ डिग्री सेन्टिग्रेड थियो । त्यसको केही समयपछि बिहान ८ः४५ मा मापन गर्दा अझै घटेर २.९ सेन्टिग्रेडमा पुगेको हो ।

यो काठमाडौं उपत्यकाको यस वर्ष मापन भएको सबैभन्दा कम तापक्रम हो । यसअघि मंगलबार पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ३.२ मापन भएको थियो । महाशाखाको बुधबार बिहानको मौसम मापन विवरण अनुसार, जुम्ला र काठमाडौंपछि दाङमा चिसो छ । त्यहाँको न्यूनतम तापक्रम ३.५ छ ।

त्यसैगरी, ओखलढुंगामा ४, सिमरामा ६.५ तथा धनकुटा र डडेल्धुराको समान ६.८ डिग्री सेन्टिग्रेड मापन भएको छ ।

Leave a Reply

Your email address will not be published.