October 19, 2021

Halkhabar kura

Entertainment Site

प्र-ति-ब-न्धि-त- चार फुटबल खेलाडीमाथिको प्र-ति-ब-न्ध- समय घट्यो

1 min read

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्र-ति-ब-न्ध- को समय घटाएको छ । एन्फाको अनुशासन समितिले मंगलबार विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्र-ति-ब-न्ध- लगाएको थियो ।

उनीहरुमाथिको प्र-ति-ब-न्ध- को समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । चारैजना आवद्ध क्लबले प्र-ति-ब-न्ध- को समय घटाउन एन्फालाई गुहारेका थिए । एन्फाले चारै खेलाडीमाथि ५० हजार ज-रि-वा-ना-समेत गरेको थियो ।

प्र-ति-ब-न्ध-पछि उनीहरुले नेपालमा आयोजना गरिएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) गुमाउनु परेको थियो । अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने एन्फाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.