October 28, 2021

Halkhabar kura

Entertainment Site

जनअधिकार खोस्ने कुरामा ज्ञानेन्द्र भन्दा ओली सरकार झन खतराः थापा

1 min read

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले जनअधिकार खोस्ने कुरामा वर्तमान ओली नेतृत्वको नेकपा सरकार तत्कालिन राजा ज्ञानेन्द्र शाको भन्दा खतरनाक रहेको बताउनुभएको छ ।

थापाले तत्कालिन राजा ज्ञानेन्द्र शाहले कानुन नबनाएर नै जनताको अधिकार खोसेको तर, ओली सरकारले कानुन बबनाएर नै जनताको अधिकार खोसिरहेको बताउनुभयो ।

तनहुँको दमौलीमा प्रेस युनियन तनहुँ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा थापाले जनताबाट निर्वाचित सरकारले एकपछि अर्को कानुन बनाएर कानुनका आधारमा सबै अधिकार खोसेर लैजाने तयारी गरिरहेको दावी गर्नुभयो ।

जनताको अधिकार खोस्ने सरकारको तयारीलाई कांग्रेसले संसदमा रोक्ने चेतावनी दिदै जनताको अधिकार खस्न कांग्रेसले नदिने बताउनुभयो । पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले शाही शासनभन्दा ओली शासन खतरनाक हुँदै गएको भन्दै सवै नागरिक सरकार प्रति सचेत रहनुपर्ने बताउनुभयो ।

दुई तिहाईका दम्भले एकपछि अर्को कानुन बनाएर सरकारले जनताको अधिकार खोस्ने काम गरेको आरोप लगाउदै थापाले संसद र सडकको शक्तिलाई एकाकार गरेर जनताको हितविपरीत कानुन बन्न नदिने चेतवानी दिनुभयो ।

सरकारले गलत कदम चालिरहे कांग्रेस नेतृत्वले दायाँबायाँ खुट्टा कमाउन नहुने पनि थापाले बताउनुभयो । कांग्रेसले जनताको अधिकारसँग जोडिएका विषयमा कसैसँग सम्झौता नगर्ने उहाँको भनाइ थियो ।

सरकारले रिस उठेको मानिसलाई कारबाही गर्न र सरकारविरुद्ध बोल्नेलाई कारबाही गर्न कानुन बनाउन खोजेको भन्दै उहाँले संसदमा पेस गर्न खोजिएका विधेयकले संविधान कार्यान्वयनमा जोड दिनुभन्दा पनि जनताको अधिकार खोस्ने काम गरेको दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.