October 17, 2021

Halkhabar kura

Entertainment Site

Breaking News: चिनले भर्खरै तोक्यो कोरोना भ्याक्सिन बजारमा आउने मिति !

1 min read

चिनले तोक्यो कोरोना भ्याक्सिन बजारमा आउने मिति ! बेइजिङ । एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक)सन् २०२१ मा तयार हुने बताएको छ। कम्पनीले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ। सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) समक्ष आवेदन दिइने बताए। *** यो समाचारको पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए। “शुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो। तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गर्यौं। हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,” यीनले भने। उनले चिनियाँ शहरमा भाइरस पहिलोपटक देखा परेको पनि स्पष्ट गरे।“हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुक लगायत विश्वलाई खोप प्रदान गर्नु हो,” यीनले भने।अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन्। तर यीन वेडोङ्को भनाईमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ।

Leave a Reply

Your email address will not be published.