January 21, 2022

Halkhabar kura

Entertainment Site

कुलमानको पुन: नियुक्तिबारे भाइरल समाचार हल्ला मात्रै भएको ऊर्जामन्त्री बर्षमानको भनाई !

1 min read

ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको जानकारी दिदै भाइरल खबर हल्ला मात्रै भएको बताए ।

यस्तै नेपाल विद्युत प्राधिकरणको सिईओमा कुलमान घिसिङ पुनः नियुक्तिको समाचार कपोल्कल्पीत र भ्रामक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पारेका छन् ।

‘मंगलबारको मन्त्रिपरिषद बैठकले आगामी चार वर्षका लागि घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति दिने निर्णय गरेको’ भन्दै थुप्रै अनलाइन न्युज पोर्टलहरुमा समाचार प्रकाशन भएका छन् । तर ती समाचारहरुमा कुनै सत्यता नरहेको र भ्रामक सुचना सम्प्रेषण भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले बताएका हुन् ।

थापाले भने, ‘यस्तो हावादारी समाचारको पछि नलाग्नुस । हुँदै नभएको निर्णयको किन पछि लागिरहेको हो ? मैले बुझीनँ ।’ उनले भने, ‘घिसिङको कार्यकाल भदौ २९ गते समाप्त हुँदै छ । अहिले नै नियुक्ति वा पुनः नियुक्तिको निर्णय गर्न कानुनी रुपमा सम्भव हुने कुरा नै होईन ।’

विभिन्न अनलाइनमा पुनः नियुक्तिको समाचार देखेपछि घिसिङलाई बधाई दिनेको संख्या सामाजिक सञ्जालहरुमा उल्लेख्य छ ।

घिसिङ प्राधिकरणको कार्यकारी प्रमुख भएर आएपछि १८ घण्टे लोडसेडीङ अन्त्य गर्न सफल भएको भन्दै पुनः उनैलाई नियुक्ति दिइनुपर्ने जनदवाव बढेको छ ।

Leave a Reply

Your email address will not be published.