November 28, 2021

Halkhabar kura

Entertainment Site

जहानिया देखि जहानिया सम्म ?

1 min read

पछिल्लो २५० वर्ष शाहवशले देश चलाए जसलाई आधुनिक काल भनियो ।यो २५० वर्षको बिचमा राणाले १०४ वर्ष जहानिया शासन चलाए ।नेपाली जनताले रगत बगाएर जहानिया राणा शासन हटाए ।तर राणा हटे जहानिया शासन हटेन ।देश दरवार देखि दरवार सम्मै रुमल्लिरह्यो ।राजपरिवार र उनका आसेपासेले नेपाली जनता माथी उस्तै तर तरिका फरक गरेर शासन गरिरहे ।राजनीतिक दल बने तर नेताहरुमा शासनको मनोवृत्ति दरबारिया र राणाको भन्दा मुलतः फरक देखिएन तैपनि नेपाली जनताले आन्दोलन मार्फत प्रजातन्त्रको उदय गराए र विश्वास गरे कि अब देश बदलिन्छ ।जनताको मत लिएर गएका प्रतिनिधिले जनतालाई केन्द्रमा राखेर देशको कायाकल्प गर्नेछन् र सारा दु:खको हल हुनेछ तर नतिजा उल्टो दिशातिर बढ्दै गयो ।राजनितीक दल र तिनका नेताहरुको शासन शैलि र मनोवृत्ति मुलतः जहानिया दरबारिया को भन्दा खासै फरक भएन ।

प्रजातन्त्रको उदय पछि नेताहरुको होडबाजी विकास तिर भन्दा पनि आफन्त र आफ्नो गुट बढाउन र जोगाउनमै केन्द्रित हुन पुग्यो ।जनता इतिहास देखि केन्द्रमा पुग्न चाहन्थ्यो तर नेताहरुको कोटरी बाट पदहरु बाढफाड हुने क्रम घटेन बरु डरलाग्दो पाराले बढिरह्यो ।सूचनाको पहुच ज्यादै न्यून भएकाले कमसेकम शहरमा अध्ययन गरिरहेका युवाहरुमा आक्रोश बढ्दै थियो र त्यसको फलस्वरूप देशमा जनयुद्धको थालनी भयो ।पिछडा वर्ग ,भौगोलिक विकटता,पहुचवालाको दादागिरी र राज्यको श्रोत माथिको अनावश्यक कब्जाले वास्तवमा देशमा वर्गीय खाडल विकराल बनेको थियो र त्यो जनयुद्ध मार्फत विद्रोहमा एकाकार भएको थियो ।जनताको लामो समयदेखिको कुण्ठा हरेक गाउँ हुँदै सबै सदरमुकाममा विद्रोहको रुपमा प्रकट हुँदै थियो र अर्को जनआन्दोलनको रुप लिदै थियो ।यसमा राजाको नकारात्मक भुमिकाले राजनीतिक दलहरु र माओवादी एक ठाउँमा आउन सकारात्मक भुमिका खेलेकै थियो ।राजनीति मिल्यो जनआन्दोलन २ भयो ।यसलाई जनताले उत्सवको रुपमा मनाए र नेताहरुलाइ पुर्ण भरोसाको साथ नेतृत्व गर्ने ठाउँमा पुर्याए ताकी अब युद्द र पछौटेपन बाट नेपाल र नेपाली माथी उठ्नेछ्न ।समानुपातिक समावेशी प्रणाली मार्फत अवसरको समान वितरण हुनेछ ,नेतृत्व लोकतान्त्रिक पद्धति मार्फत चुनिनेछ र उ केवल नेपाल र नेपाली प्रती उत्तरदायी हुनेछ ।पछिल्लो ७० वर्ष देखि रगत र पसिना बगाएर शासन व्यवस्था नै उल्ट्याएर जनताको जीत भएकोमा हर्षविभोर नहुने नेपाली को थियो र ?

सदियौ देखिको विकास प्रतिको चाहनाको पहिलो खुट्किलो शासन व्यवस्थाको परिवर्तन सङै विकासले तिव्रतर गति लिनु पर्नेमा नेताहरुको जुँघाको लडाइले १० वर्ष नयाँ संविधान बन्छ कि बन्दैन भन्नेमै बित्यो ।जनताको निराशाको पारो यसरी बढ्यो कि खाडी मुलुक जाने युवाहरुको संख्या ह्वात्तै बढ्यो ।उत्साह हराएको सपना मुर्झाएको युवाहरुको देशमा परिणत भयो देश ।राजाको ठाउँमा जनताको छोराछोरी पुगे,संविधान बन्यो तर जनताको हाल फेरि पनि उस्तै छ ।बलियो सरकार बलियो व्यवस्था तर निराश जनता आजको यथार्थता।।

कम्युनिस्ट सरकार त्यो पनि झण्डै दुई तिहाइको ।जनताले आफ्नो तर्फबाट यो भन्दा बढी एउटा दललाई के दिनु पर्छ ?छोराछोरीलाई खाडी पठाएर थोत्रो साडिमा एक्लै गुजारा गरिरहेका आमाहरुले अब त केही हुन्छ देशमा भनेर गरेको भरोसा सतिदेविको अङ्ग झै एक एक गरेर पतन हुदैछ ।तैपनि डराउदैनन शासक हरु ?कोरोना कहरले आक्रान्त गरिब मजदुर किसानको पिडाको कुनै प्रवाह नै छैन ।दक्षिणपन्थी मोदि बरु राहतको प्याकेज घोषणा गर्छन् सरकार छ है भन्छन् तर वामपन्थी ओलि जनताको यो पीडा प्रती फिटिक्कै ध्यान दिदैनन बरु छानीछानी सम्धी ज्वाइँ भतिजा भतिजी लाई दोहोर्याएर तेहेर्याएर दशौ पटक सम्म देशका सबै निकायको प्रमुख बनाउछ्न ।उफ! सम्झिदा पनि उखरमाउलो हुन्छ ।अहिलेको युवाले देशको सरकार बाट के अपेक्षा गर्ने ? २५० वर्ष अघि देखि सुरु भएको जहानिया शासन रुपमा फेरिएछ सारमा त झन् जरा गाडेर दरो बन्दैछ ।
तपाईं युवा राजनीतिको यो चक्र तोड्ने अभियानमा कसरी जोडिनुहुन्छ मलाई थाहा छैन तर चुपचाप सहिरहनु भयो भने भविष्यले तपाईंलाई अवश्य पनि भगौडा को दर्जा दिनेछ ।त्यसकारण सदियौ देखिको पुर्ण समानुपातिक सहभागीता मुलक लोकतन्त्रको लागि उठौ जागौ ।
-संजीव कार्की

Leave a Reply

Your email address will not be published.