October 17, 2021

Halkhabar kura

Entertainment Site

अहिलेलाई हामीहरुलाई नै धोई पखाली नेता मान्नुस्, नयाँ नेता आकाशबाट झार्न र धर्तिबाट निकाल्न सकिँदैन

1 min read

नयाँ नेता आकाशबाट झार्न र धर्तिबाट निकाल्न पनि सकिँदैन । त्यसैले अहिलेलाई हामीहरुलाई नै धोई पखाली नेता मान्नुस्:

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्छन्- “नयाँ नेता आकाशबाट झार्न र धर्तिबाट निकाल्न पनि सकिँदैन । त्यसैले अहिलेलाई हामीहरुलाई नै धोई पखाली नेता मान्नुस्।”

बिहीबार विपक्षी गठबन्धनले सम्पादकसँग गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।

अन्तरक्रियामा बोल्दै प्रचण्डले कांग्रेस दक्षिणपन्थी नभएको बरु प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी ओली वामपन्थी नभएको दाबि गरेका छन ।

प्रधानमन्त्री ओलीले प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालमाथि दक्षिणपन्थी शक्तिसँग सहकार्य गरेर वामपन्थी सिध्याउन लागेको भन्दै लगाएको आरोपको खण्डन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि गठबन्धनको साझा एजेण्डा रहेको उल्लेख गरे।