October 17, 2021

Halkhabar kura

Entertainment Site

बन्यो सहमति ! शुक्रबारसम्म रेशम चौधरी रिहा। राजेन्द्र महतो गृहमन्त्री / उपप्रधानमन्त्री बन्ने पक्का

1 min read

काठमाडौं, ११ जेठ ।

हिजो भर्खरै मात्र हामीले रेशम चौधरी रिहा हुने र यसबाट बाबुराम भट्टराइ पनि खुशी हुने कुराको खुलाशा गरेका थियौं।

आज त्यहि कुरा पक्का बनेको छ। शुक्रबार सम्ममा रेशम चौधरी रिहाई हुने सहमति नै बनेको छ।

शुक्रबारसम्म सर्वोच्च अदालतबाट रेशमलाल चौधरीको मुद्धा टुङ्ग्याएर रिहाइ गर्ने तयारी भइरहेको कुराको जानकारी जसपाका नेता झाले दिएका छन् ।

उनले  भनेका छन् ‘सर्वोच्च अदालतमा पेशी भइसकेको छ । रेशमलाल चौधरीलाई शुक्रबारसम्म छाड्ने तयारी भएको छ । सहमति भएको छ ।’

त्यस्तै , महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा)को महन्थ ठाकुर–राजेन्द्र महतो समूहले गृह लगायत रक्षा मन्त्रालयमा समेत दाबी  गरेको छ ।

प्रधानमन्त्री ओलीले जसपालाई आठ मन्त्रालय दिन सहमति गरेको कुरा बाहिरिएको छ । तर , जसपाको भने उप–प्रधानमन्त्रीसहित १० मन्त्रालयको माग रहेको छ  ।

ठाकुर–महताले रक्षा, गृह र अर्थ मन्त्रालय मागेको छ ।  जसपाले भनेको छ , ‘हामीलाई गृह, रक्षा र अर्थ मन्त्रालय चाहिएको छ । अनिर्वाय रुपमा दिनुपर्छ’, गृह मन्त्रालय हामीले छाड्दैनौँ ।’

महतोलाई उप–प्रधान र गृह मन्त्रालय दिने विषयमा जसपाभित्र सहमति भएको भन्दै प्रधानमन्त्रीलाई पनि सोही निर्णयको जानकारी गराएको बताएका छन् ।