October 28, 2021

Halkhabar kura

Entertainment Site

अमेरिकी खोप संगै एमसीसी पनि आउने , प्रधानमन्त्रीकै निकट व्यक्तिले गरे खुलाशा ( भिडियो सहित )

1 min read

१० जेठ, काठमाडौं ।

अब चोर बाटो एम सी सी पारित हुने संकेत स्पस्ट देखिएको छ। हामीले त्यहि कुराको प्रमाण स्वरुप भिडियो पनि लिएर आएका छौं।

यहि समाचारको अन्तिममा भिडियो हेर्न सक्नुहुनेछ। आउनुहोस जानौं , संसद नै नभएको बेलामा , कसरि पास गर्दैछ ओली सरकारले अब एम सी सी ?

सिधा हिसाबबाट एम सी सी अनुमोदन गर्नको लागि सभामुख बाधक बनेपछि र आफ्नै दलभित्रबाट पनि साथ तथा समर्थन नमिलेपछि चोर बाटो एम सी सी आउन लागेको छ।

नागरिकता विधेयक जसरि जारि गरियो त्यसै गरि एमसिसि पनि अनुमोदन हुने संकेत सरकारकै पक्षधर तथा अमेरिकाको लागि नेपालि राजदुत डा.युवराज खतिवडाले दिएका छन्।

सबैभन्दा पहिले अमेरिकाबाट खोप किन्ने सम्झौता गर्ने , अमेरिकी खोप कोभ्याक्स  नेपाल भित्रने बेलामा एम सी सी पनि संगै भित्रने संकेत देखा परिसकेको छ।

राजादुतले एक पत्रकारसंग कुरा गर्दै भनेका छन् ” खोपको कुरा पनि भैरहेको छ। एम सी सी पास गर्नको लागि नेपालमा सहज बाटो बनेन। राजनीतिकरण पनि धेरै भयो। अब त संसद पनि छैन। हामि एम सि सी को लागि पनि अर्को बाटोबाट पास गर्न सकिन्छ भनेर हेर्दै छौं। ”

उनको यो भनाईबाट स्पस्ट हुन्छ कि ओली सरकारले अब संसद छलेर एम सी सी निक्कै छिट्टै अनुमोदन गर्दै छ। यहि विषयमा प्रधानमन्त्रीका निकट मानिने एमाले नेता निर्मल भट्टराईले पनि एक अन्तर्वार्तामा नेपालमा एम सी सी जसरि पनि पास हुने भनेका छन्। हेर्नुहोस उक्त भिडियो