January 21, 2022

Halkhabar kura

Entertainment Site

इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आजदेखि सुरु, कोरोनाका कारण घरमै बसेर कुरान पढ्न आह्वान

1 min read

काठमाडौं । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । आजदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।

सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरस कोभिड–१९ को जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।

यस्तै मुस्लिम आयोगका अक्ष्यक्ष समिम मिया अन्सारीले देशभरका मस्जिद तथा मदरसामा रहेका धर्मगुरुहरुको स्वाव संकलन तथा परिक्षण गर्न स्वास्थ्यमन्त्रालयसंग आग्रह गर्नुभएको छ । उहाँले सबै मुस्लिम समूदयका व्यक्तिलाई लकडाउनको पूर्ण रुपमा पालना गर्न र पूर्ण सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ ।

मस्जिदमा नमाज नपढी घरैमा पढ्नको लागि अनुरोध गर्दै रमजानको तरावीको विशेष नमाज पनि घरमै बसी पढ्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।

विरगन्ज र उदयपुरमा धेरैको संख्यामा कोरोनाको संक्रमण भेटीएपछि अध्यक्ष अन्सारीले यसप्रती सचेत रहन सबैलाई आग्रह गर्दे अनुगमन र स्वाव परिक्षणका लागि आफ्नै अध्यक्ष्मतामा अनुगमन समिति बनाएको जानकारी दिनुभयो ।

इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । आजदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।

सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरस कोभिड–१९ को जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।

यस्तै मुस्लिम आयोगका अक्ष्यक्ष समिम मिया अन्सारीले देशभरका मस्जिद तथा मदरसामा रहेका धर्मगुरुहरुको स्वाव संकलन तथा परिक्षण गर्न स्वास्थ्यमन्त्रालयसंग आग्रह गर्नुभएको छ । उहाँले सबै मुस्लिम समूदयका व्यक्तिलाई लकडाउनको पूर्ण रुपमा पालना गर्न र पूर्ण सर्तकता अपनाउन अनुरोध गर्नुभएको छ ।

मस्जिदमा नमाज नपढी घरैमा पढ्नको लागि अनुरोध गर्दै रमजानको तरावीको विशेष नमाज पनि घरमै बसी पढ्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।

विरगन्ज र उदयपुरमा धेरैको संख्यामा कोरोनाको संक्रमण भेटीएपछि अध्यक्ष अन्सारीले यसप्रती सचेत रहन सबैलाई आग्रह गर्दे अनुगमन र स्वाव परिक्षणका लागि आफ्नै अध्यक्ष्मतामा अनुगमन समिति बनाएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.