January 21, 2022

Halkhabar kura

Entertainment Site

भारतमा तीन साता ‘लकडाउन’ मोदीको घोषणा

1 min read

नयाँदिल्ली । कोरोना संक्रमित बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा तीन साता लकडाउन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन गर्दै मंगलबार मध्यरातदेखि तीन साता भारतमा राष्ट्रिय लकडाउन गर्ने घोषणा गर्नुभएको हो ।

उहाँले यसअघि १९ मार्चमा देशवासीका नाममा सम्बोधन गर्दै २२ मार्चमा जनता कर्फ्यु घोषणा गर्नुभएको थियो । भारतका केही राज्यहरुले जनता कर्फ्युलाई निरन्तरता दिएका थिए ।

प्रधानमन्त्री मोदीले सामाजिक दूरी नै कोरोना भाइरसविरुद्ध लड्ने महत्वपूर्ण हतियार भएको बताउदै जनता कर्फ्युको पालनाले भारतीयहरु कोरोनासँग लड्न सक्षम भएको दावी गर्नुभयो ।

भारतमा कोरोनाबाट ५१९ संक्रमित भएको र १० जनाको मृत्यु भएको छ । त्यसैगरी उपचारपछि ३९ संक्रमितलाई घर पठाइएको भारतीय स्वास्थ्य मन्त्रीको भनाई छ ।

Leave a Reply

Your email address will not be published.