November 28, 2021

Halkhabar kura

Entertainment Site

विश्वका प्रायः सबै देशमा ‘लकडाउन’, चीन सामान्य अवस्थामा फर्कंदै

1 min read

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन भारतमा पनि ‘लकडाउन’ सुरु भएको छ । गएराति १२ बजेदेखि भारत पुरै ‘लकडाउन’ मा गएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको छ ।

उहाँले गएराति देशबासीका नाममा सम्बोधन गर्नुहुँदै कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न ‘लकडाउन’ गर्ने घोषणा गर्नुभएको हो ।

कोरोना फैलिने जोखिम न्यूनीकरण गर्नको लागि भारतले सीमा नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ । कोरोना भाइरसको कारण भारतमा १० जनाको ज्यान गइसकेको छ भने चार सय ९१ जना सङ्क्रमित भएका छन् ।

यस्तै अरु देशमा ‘लकडाउन’ सुरु भैरहेको बेला चीनको वुहानमा भएको ‘लकडाउन’ भने आजदेखि आउँदो २६ गतेसम्मका लागि आंंशिक रुपमा खुलाउने तयारी छ ।

धेरै दिनपछि हिजो एक जनामात्रै नयाँ सङ्क्रमित भेटिएपछि वुहानको लकडाउन आंशिक रुपमा खुलाउन लागिएको त्यहाँको सरकारले जनाएको छ ।

यसैबीच दक्षिण अफ्रिका सरकारले पनि २१ दिने ‘लकडाउन’ घोषणा गरेको छ । यस्तै अस्ट्रेलियाले १० जनामात्र मलामी जान र विवाह समारोहमा ५ जना मात्र सहभागी हुन निर्देशन दिएको छ ।

अहिलेसम्म विश्वका १ सय ९७ देश र जापानको योकोहामामा पुगेको एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । अहिलेसम्म नेपालका दुई जनासहित ४ लाखभन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाखभन्दा धेरै मानिस निको भएका छन् ।

वल्डओमिटरका अनुसार अहिलेसम्म ४ लाख २० हजार ७ सय २९ जनामा सङ्क्रमण भएकोमा एक लाख ८ हजार ३ सय २३ जना स्वस्थ भएका छन् ।

जसमा गएको माघ ९ गते नेपालमा भेटिएका कोरोना संक्रमित निको भैसकेका छन् भने अहिले एक जनाको काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार चलिरहेको छ ।

उनीसहित २ लाख ९३ हजार ६ सय ६ जनाले उपचार गराइरहेका छन् । १८ हजार ८ सय जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published.