January 24, 2022

Halkhabar kura

Entertainment Site

नेपालट्रष्टको सम्पति लु’टनेहरुको पूर्णविवरण, १३६ पेजको फाइलसहितको पूर्णपाठ

1 min read

काठमाडौं । नेपाल ट्रष्टले श्वेतपत्र जारी गर्दै ट्रष्टको जग्गा व्यक्तिलाई दिने कार्यमा डा. बाबुराम भट्टराई र विजयकुमार गच्छदारको संलग्नता देखाएको छ । मंगलबार नेपाल ट्रष्टका अध्यक्ष तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गरेर जारी गरेको श्वेतपत्रमा बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला ट्रष्टको जग्गा व्यक्तिलाई दिने कार्य भएको उल्लेख गरिएको छ ।

तर, उक्त १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टकै नाममा फिर्ता ल्याउने प्रक्रिया थालिएको जानकारी दिइएको छ । २०६९ कात्तिक २ गते मन्त्रिपरिषद्को समितिको निर्णय अनुसार थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टको जग्गा मोही तथा हकवालाको नाममा नामसारी भएको थियो । सो समयमा भट्टराई ट्रष्टको संरक्षक र गच्छदार अध्यक्ष रहेका थिए ।

बाबुराम भट्टराईको सरकारले थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको जग्गा मोहीको नाममा गर्ने निर्णय गलत भएको जारी श्वेतपत्रमा भनिएको छ ।

बालाजु वडा नम्बर १७, इचुंगमा रहेको नेपाल ट्रष्टको १० रोपनी ६ आना जग्गा पनि २०६९ भदौ १ गते तत्कालिन भट्टराई नेतृत्वको सरकारले निणय गरी मोहीको नाममा नामसारी भएको श्वेतपत्रमा उल्लेख छ ।

तत्कालिन सरकारले सतुंगलको १ रोपनी ६ आना एक दाम जग्गा मोहीका नाममा गरेको थियो । त्यस्तै मातातीर्थको ५० रोपनी १ आना ३ दाम जग्गा २०६९ भदौ ११ मा निर्णय गरी मोहीको नाममा नामसरी गरेको श्वेतपत्रमा उल्लेख छ ।

त्यस्तै थानकोट महादेवस्थानको १०२ रोपनी नजग्गा पनि मोहीको नाममा कायम गरिएको पाइएको छ । भूमिसम्बन्धी ऐन २०२१ को २०२५ साल कात्तिक ९ गते भएको संशोधनमा ’नेपाल सरकारको स्वामित्वमा भएको जग्गा व्यक्तिलाई मोही हक प्राप्त नहुने व्यवस्था रहेको भन्दै बाबुराम भट्टराईको सरकारको निर्णय गलत ठहर गर्दै उक्त जग्गा नेपाल ट्रष्टको नाममा हुनुपर्ने भनिएको छ ।

बाबुराम भट्टराई र विजय  गच्छदारले गरेको कानुन विपरीत १७२ रोपनी जग्गाबाहेक अरू सम्पत्ति अपचलन भएको छैन भन्ने पोख्रेल प्रतिवेदन नै भन्दैछ देउवा प्रचण्ड र ओली पनि सहभागी छ भनेर, ट्रस्टले भाडा लगाएकोमध्ये ९० % जग्गा यतिको नाममा ।

नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण

Leave a Reply

Your email address will not be published.