January 21, 2022

Halkhabar kura

Entertainment Site

परिवारका ६ जनाको गोली हानी हत्या गरी प्रहरीलाई टेलिफोन

1 min read

एजेन्सी ।  जर्मनीमा एक व्यक्तिले गोली हानी आफ्नो परिवारका ६ जनाको हत्या गरेका छन् । २६ वर्षका ती व्यक्तिले आफ्ना अभिभावकसहित परिवारका ६ जनाको हत्या गरेका हुन् ।

जर्मनीको दक्षिण–पश्चिम बजार रोत एम सीका ती व्यक्तिले स्थानीय समय अनुसार शुक्रबार लञ्च टाइममा प्रहरीलाई फोन गरेका थिए । प्रहरीको आपतकालीन सेवामा फोन गरेर ती व्यक्तिले आफूले रेस्टुरेन्टमा गोली चलाएको बताएका थिए ।

इजाजत प्राप्त बन्दुक लिएका ती व्यक्तिले प्रहरी आउने बेलासम्म पर्खिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेको छ । रेस्टुरेन्टमा ६ जनाको शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ज्यान गुमाउने तीनजना महिला र तीन पुरुष हुन् ।

उनीहरुको उमेर ३६ देखि ६९ वर्षसम्म रहेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर आक्रमणकारीका अरु दुई आफन्त गम्भीर घाइते भएका छन् । पारिवारिक विवादका कारण गोलीकाण्ड भएको अनुमान छ ।

उता भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनले घरमा सुसाइड नोट पनि प्राप्त भएको छ ।

सेजल शर्मा स्टार प्लसको सिरियल ‘दिल तो ह्याप्पी हे जी’मा अन्तिम पटक देखिएकी थिइन् । सिरियालमा सेजलले सिम्मी खोसलाको भूमिका निभाएकी थिइन्, जो मुख्य पात्रको बहिनीको भूमिका हो ।

प्रहरी इन्स्पेक्टर सन्दीप कदमले सेजल शर्माको घरमा सुसाइड नोट प्राप्त भएको र त्यसमा नीजि कारणले आत्महत्या गर्नुपरेको लेखिएको बताए । सेजलले सिरियल अघि भीवो मोबाइल र उषा पंखाजस्ता ब्राण्डका विज्ञापनमा अभिनय गरिसकेकी छन् ।

भीवोका विज्ञापनमा उनी आमिर खानसँग देखिइएकी थिइन् भने उषा पंखाको विज्ञापनमा उनी किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन् । यस अतिरिक्त सेजल शर्मा ‘आजाद परिन्दे’ नामक वेब सिरिजमा पनि काम गरिसकेकी छन् ।

उनले पहिलो पटक मोटोरोलाको विज्ञापनमा काम गरेर यस क्षेत्रमा प्रवेश गरेकी थिइन् । राजस्थानको उदयपुरमा स्थायी घर भएकी सेजल शर्माको मृत्युमा विभिन्न टीभी कालाकारले शोक प्रकट गरेका छन् ।

यस अघि केही हप्ता अघि टीभी अभिनेता कुशल पन्जाबीले पनि आत्महत्या गरेका थिए ।

जर्मनीमा एक व्यक्तिले गोली हानी आफ्नो परिवारका ६ जनाको हत्या गरेका छन् । २६ वर्षका ती व्यक्तिले आफ्ना अभिभावकसहित परिवारका ६ जनाको हत्या गरेका हुन् ।

जर्मनीको दक्षिण–पश्चिम बजार रोत एम सीका ती व्यक्तिले स्थानीय समय अनुसार शुक्रबार लञ्च टाइममा प्रहरीलाई फोन गरेका थिए । प्रहरीको आपतकालीन सेवामा फोन गरेर ती व्यक्तिले आफूले रेस्टुरेन्टमा गोली चलाएको बताएका थिए ।

इजाजत प्राप्त बन्दुक लिएका ती व्यक्तिले प्रहरी आउने बेलासम्म पर्खिएका थिए । प्रहरीले उनलाई पक्राउ गरेको छ । रेस्टुरेन्टमा ६ जनाको शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ज्यान गुमाउने तीनजना महिला र तीन पुरुष हुन् ।

उनीहरुको उमेर ३६ देखि ६९ वर्षसम्म रहेको प्रहरीले जानकारी दिएको छ । गोली लागेर आक्रमणकारीका अरु दुई आफन्त गम्भीर घाइते भएका छन् । पारिवारिक विवादका कारण गोलीकाण्ड भएको अनुमान छ ।

Leave a Reply

Your email address will not be published.