October 19, 2021

Halkhabar kura

Entertainment Site

काठमाडौंबाट १२२ जना चिनियाँ नागरिक प-क्रा-उ-, सबैलाई चीन पठाइने

1 min read

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट  एक सय २२ जना चिनियाँ नागरिक प-क्रा-उ- परेका छन् । सोमबार बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

“हामीले साइबर अपराधको पूर्वसूचना पाएकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौं,” केन्द्रीय अनुसन्धान ब्यूरोका एक प्रहरी अधिकारीले भने । उनीहरु सबैलाई काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका सबै चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ । नेपालमा बसेर आर्थिक अपराध गरेको सूचनाका आधारमा उनीहरुलाई प-क्रा-उ- गरिएको प्रहरीले जनाएको छ ।

प-क्रा-उ- परेकाहरु इन्टरनेटको माध्यमबाट अपराधमा संलग्नहरु रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतका अनुसार चिनियाँ अधिकारीले दिएको सूचनाकै आधारमा उनीहरुलाई प-क्रा-उ- गरिएको थियो ।

स्रोतका अनुसार चिनियाँ प्रहरीले पाँच सय बढी व्यक्तिको सूचना दिएको थियो । प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनीहरुलाई चीन नै पठाइनेछ ।

Leave a Reply

Your email address will not be published.