October 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना संक्रमणबाट सप्तरीमा एकजना सरकारी कर्मचारीको मृत्यु

1 min read

जनकपुरधाम । कोरोना संक्रमणबाट सप्तरीमा एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ। बिहीबार बिहान जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

ती कार्यालय सहयोगीमा भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

सुरुमा उनलाई ज्वरो आए पनि पछिल्लो चार दिनदेखि उनी सामान्य नै रहेको तर बिहीबार बिहान उनको मृत्यु भएको प्रमुख यादवले बताएका हुन् ।

मृत्यु भएका पुरुष सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे। उनी लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.