October 19, 2021

Halkhabar kura

Entertainment Site

स्याङ्जामा पहिरो : २ जनाको मृत्युुु, ९ जना घर भित्रै पुरिए

1 min read

स्याङ्जा । अबिरल बर्षाका कारण पहिरो जादा स्याङ्जामा २ जनाको मृत्यु भएको छ भने एक घर भित्रै नौ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ स्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन् ।

आज बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिनुभयो । १० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ ।

प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ । यसैबीच ,अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा एक जनाको ज्यान गएको छ ।

पहिरोमा परि १७ वर्षीय विष्णु परियारको मृत्यु भएको स्थानीयले जनाएका छन् ।घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.