October 28, 2021

Halkhabar kura

Entertainment Site

कोरोना महामारीले गर्दा अस्पताल जान पाउनु भएको छैन, यसरी लिनुहोस् डाक्टर दिपिल संग अनलाईन सेवा

1 min read

कोरोना महामारीले गर्दा अस्पताल जान नपाउने बिरामीलाई मध्येनजर गर्दै डाक्टर दिपिल अधिकारी निरन्तर बिगत एक महिना देखि अनलाईन सेवा देईरह्नु भएको छ। डाक्टर दिपिल आफ्नो समाजसेबी हजुर बुवा पशुपति अधिकारीबाट प्रेरित हुनु भएको हो। डाक्टर दिपिल निरन्तर निस्वार्थ भावले दिन दुखीको सेवामा लागि रहनु भए को छ। यो महामारीको समयमा उहाले अनलाईनबाट सेवा सुरु गर्नु भएको हो। डाक्टर दिपिलको सेवा निसुल्क रुपमा तपाईहरुले टेलिफोन वा भाइबर मार्फत जोडिएर सेवा तथा परामर्श लिन सक्नु हुन्छ।

डाक्टर दिपिल अधिकारीसंगका केहि कुराकानी यस्ता छन:

आज एउटा CALL ले मलाई निकै भाबुक बनायो, एक जना बिरामी बिगत दुइ महिना देखि उहा टाउको दुख्ने, मनमा कुरा खेल्ने, छिन् छिनमा रुने र छिन् छिनमा हास्ने हुनुभएको रहेछ। त्यसपछि उहा उहाकै गाउँको SO CALLED फुकफाक SPECIALIST मा पुग्नु भएछ र लगभग रू २५००-३००० खर्च गरेर बुटि पनि लगाउनु भएछ। तर निको हुदैँ भएनछ र सयोंग बस उहाले मेरो CONTACT फेसबुक द्वारा पाएर मलाई सम्पर्क गर्नु भयो। मैले उहालाई सम्झाएर मनोचिकित्सक को मा जाने सुझाब दिएँ।

मेरो सबैलाई अनुरोध छ, विस्वास आफ्नो ठाउँमा छ तर आफ्नो शरीरमा केहि समस्या परेमा सधैँ अस्पताल नै पुग्नु पर्छ किनकि सुरुमै तेस्ता रोग को उपचार गर्न सकियो भने बिरामी पुर्न रुपले निको हुन सक्छन् र बिरामीलाई जिबनमा अघि बढ्न सजिलो हुन्छ।

Leave a Reply

Your email address will not be published.