October 19, 2021

Halkhabar kura

Entertainment Site

३ जना सिडीओ एकै ठाउँमा बसेर निर्णय। काठमाण्डौमा अब फेरी निषेधाज्ञा यति धेरै थपिने

1 min read

१० जेठ, काठमाडौं ।

उपत्यकामा फेरि निषेधाज्ञा थपिने संकेत देखिएको छ ।

यति धेरै समय लकडाउन हुँदा पनि संक्रमण नघटेको भन्दै निशेधाज्ञा थप्न लागिएको हो।

कोभिड –१९ भाइरस संक्रमणको दर नघटेको भन्दै सीडिओहरु चिन्तित बनेका छन् ।

सोहि विषयलाई लिएर भोलि दिउँसो तिन जिल्लाका सिडिओहरुको अनलाइन मिटिङ्ग बस्न लागिएको छ।

निषेधाज्ञा थप्नेबारे बैठकअघि गृह मन्त्रालयमा पनि छलफल हुनेछ । यद्यपि, हालसम्म एक साता निषेधाज्ञा थप्ने विषयमा गृहमन्त्रलाय र तीन प्रमुख जिल्ला अधिकारीहरुको एउटै मत भएपनि सो समय अझै लम्बिन पनि सक्छ  ।

दोस्रो लहरको संक्रमण बढ्दै गएपछि उपत्यका प्रशासनले १६ वैशाख गतेदेखि जारि गरिएको निषेधाज्ञा त्यसपछि २२ वैशाखमा पुनः एक साता थप्दै ३० वैशाखमा पुनः दुई साताका लागि थपिएको थियो ।