October 17, 2021

Halkhabar kura

Entertainment Site

ओलीलाई फेरी दिए ३० सांसदले धोका , देउवाको पक्षमा फेरी यस्तो हस्ताक्षर

1 min read

१० जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरी अर्को संकट आउन लागेको छ।

माधव नेपाल पक्षका ३० जना सांसदले फेरी ओलीलाई  साथ नदिने भएका छन्

काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर  गरिसकेका छन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० जना रहेका छन् ।

आज हस्ताक्षर गर्ने थप सांसदमा मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत रहेका छन् ।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका थिए।