October 19, 2021

Halkhabar kura

Entertainment Site

अन्तत : ओलीले दिए ठाकुर र महतोलाई यी ७ मन्त्रालय ! अब अर्को कदम रेशम चौधरी रिहा

1 min read

१० जेठ, काठमाडौं ।

अन्तत : ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष जान तयार भएका छन्  ।

पहिलेदेखि  रिक्त रहेका मन्त्रालय जसपाले पाउने गरि सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरेपछि यस्तो निर्णय भएको हो ।

आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएको भन्दै जसपा यतिखेर ओलीसंग सकारात्मक भएको हो।

अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाईसकेको पनि जसपाका अध्यक्ष ठाकुर र नेता महतोले बताएका छन्।

‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन्। अब हाम्रो छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ,’ अध्यक्ष ठाकुरनिकट जसपाका ती नेताले भने, ‘प्रधानमन्त्रीले पनि खालि रहेका ७ मन्त्रालयमा मन्त्री पठाउन भन्नु भएको छ। यसबारे अझै गम्भीर रूपमा छलफल गर्छौं।’ एक अनलाइन संग नेता ठाकुरले भने।

नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको तर केहि दिनदेखि रिक्त रहेका ७ मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन्। ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ। तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ। त्यहि ७ वटा मन्त्रालय महतो र ठाकुर पक्षले पाउने संकेत देखिएको छ।

जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन। उनीहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन्। ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादव छन्।

साथै उनीहरूले हालै केन्द्रीय कार्यकारिणी समिति बैठक गरेर सरकारमा गए कारवाही गर्ने चेतावनी दिएका छन्।

अब सबै माग मध्ये रेशम चौधरीको रिहाइ हुन बाँकी रहेको र त्यो पनि पूरा भए बाबुराम – उपेन्द्र पक्षले पनि ओलीलाई स्विकार्ने जनाइएको छ।